शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

उद्योग वाणिज्य संघद्धारा दिपावली गर्न व्यवसायीहरुलाई अनुरोध


प्यार अलि खाँन
प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले संविधान दिवसका दिन आफ्ना साधारण सदस्यहरुलाई दिपावली गर्न अनुरोध गरेको छ ।
नगर बजार क्षेत्रको सनिवार बसेको वैठकले यस्तो निर्णय गरेको सचिव सुमन सुवेदीले जानकारी दिए । “हामीले ३ दिन सम्म दिपावली गर्नेछौँ ।” सचिव सुवेदीले भने, “३ दिन नै गा्रहकहरुलाई बस्तु तथा सेवाको बिक्रिवितरणमा विशेष छुट दिने निर्णय गरेका छौँ ।”
असोज २ देखि ४ गतेसम्म घरघरमा दिपावली गर्ने, २ गते नगर सरसफाईमा सक्रियतापूर्वक सहभागी हुने र ३ गते स्वर्गद्धारी क्याम्पसमा प्यूठान नगरपालिकाद्धारा आयोजना हुने मंच कार्यक्रममा नगर भित्रका सबै उद्योगी व्यवसायीहरुलाई सहभागी हुन अनुरोध गर्ने निर्णय भएको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष मधुसुदन शर्माले बताएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top