शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

झिमरुकमा डेंगुरोग नियन्त्रणका लागि कार्यक्रम


प्युठान, २५ भदौ ।
झिमरुक गाउँपालिकाको मुख्य बजार मच्छीमा डेंगुरोग नियन्त्रणका लागि कार्यक्रम सम्पन्न भएको छ । लामखुटे बासस्थान तथा लार्भा नष्ट गरौं डेंगुरोगको प्रकोपबाट बचौं र बचायौं भन्ने नाराका साथ ओखरकोट स्वास्थ्य चौकीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा झिमरुक गाउँपािलकाका अध्यक्ष तिलक बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसी तथा प्रमुख प्रकासकिय अधिकृत कमल प्रसाद भुसालको समेत उपस्थितमा डेंगुरोग नियन्त्रण सम्बन्धी जानकारी गराईएको थियो ।
स्वास्थ्य चौकीका अहेव हेमलाल कुवरले सहजिकरण गरेको कार्यक्रममा प्रमुख राधा चौधरीले डेंगुरोगको परिचय, बासस्थान, यसका चिन्ह, लक्षणहरुको बारेमा प्रष्ट पार्नुभएको थियो भने सामाजिक विकास शाखा स्वास्थ्य संयोजक विजुला जिसीले डेंगुरोगबाट बच्ने उपायबारे जानकारी गराएकी थिईन् ।
त्यस अवसरमा मच्छी बजारका स्थानिय बासिन्दा, उद्योग वाणिज्य संघ मच्छी इलाका, नेपाल रेडक्रस सोसाईटि मच्छी उपशाखा, वालशिक्षा उच्च मावि का शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, इलाका प्रहरी कार्यालय मच्छी तथा विभिन्न निकायका सरोकारवाला निकायको विचमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअबसरमा प्रत्येकको घर घरमा पुगि सम्भावित बासस्थानको खोजिगरि नष्ट गरीएको थियो ।
यसैविच जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जिल्लामा डेंगुरोगनै हो भनेर अझै कुनैपनि व्यक्तिमा पहिचान नभएको बताए । मौषमी रुघाखोखिका बिरामी जिल्लामा बढ्दै जान थालेकाले डेंगुको संका आम नागरीकमा हुने गरेकोे सुवेदीले बताए । अहिले पनि मौषमी रुघाखोखी र ज्वरोका बिरामी ६०देखी ७० जना रहेको उनले बताए । तर डेंगुको पहिचान भने जिल्लामा नभएको उहाँको भनाई छ । अहिले स्थानियतहसंग सम्वनय गरेर यसलाई खोज र नष्टको कार्य जारी रहेको जनाईएको छ । यसबाट सचेत हुनको लागि सञ्चार माध्यमबाट प्रचार प्रसारको काम पनि जारी रहेको उनले बताए ।

उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेशी दुख्नु लगायत लक्षण डेंगुको रहेका कारण यस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थासम्म जानकारी गराउन जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट बच्न, पानी जम्ने कुनै पनि बस्तुहरुलाई खुल्ला रुपमा नराख्न, झुल प्रयोग गरेर सुत्न र सरसफाईमा ध्यान दिन समेत कार्यालयले आग्रह गरेको छ ।
#सागर रिजालको सहयोगमा

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top