शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

ऐरावतीमा स्वास्थ्यको वार्षिक समीक्षा


सागर रिजाल
प्युठान,१९ भदौ ।
आर्थिक वर्ष ०७५÷०७६ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको ऐरावती गाउँपालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी गाउँपालिकाको कार्यालय बरौलामा सञ्चालन भएको छ । गोष्ठीमा आ।व। ०७५÷०७६ स्वास्थ्य तर्फ सञ्चालित विभिन्न कार्यक्रमको छलफल तथा विश्लेषण गरिएको स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । विश्लेषण संगै ०७३÷०७४ र ०७४÷०७५ को प्रगती संग तुलनात्मक विश्लेषण गरिएको उनले बताए । दुई दिन सम्म चल्ने गोष्ठीमा खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, एकिकृत बालरोग व्यवस्थापन, पोषण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य र सरसफाई लगायत स्वास्थ्य संग सम्बन्धित विभिन्न विषयबस्तुमा छलफल गरिने स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
गाउँपालिका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन ओली, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनीधि लंक बहादुर बम, वडा अध्यक्षहरु, प्रवक्ता, कर्मचारी, गाउँपालिका भित्रका ६ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरुले आ।व। ०७५÷०७६ मा स्वास्थ्य क्षेत्रमा सम्पादन गरिएका गतिविधीका बारेमा जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष शाहले गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीहरुलाई आत्मसात गर्दै आगामी दिनमा सुधार गर्दै अगाडी वढनुपर्ने गाउँपालिका अध्यक्ष शाहको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष बस्नेतले भने अभिभारा स्थानिय तहलाई धेरै छ । चुनौती पनि धेरै छन् । त्यसैले टिम मिलेमा काम हुन्छ, टिम नमिलेमा काम हुदैन । हामीसंग उचीत समय, गति र क्षमता हुनैपर्छ । आफ्नो कामलाई वढी प्रभावकारी कसरी बनाउने सबैले सोँचौ उपाध्यक्ष बस्नेतले थपे । हामीले सेवा दिने मात्र ठूलो कुरा होईन, सेवा पाउनेले पाएको अनुभूति गरोस भन्ने हाम्रो तपाई स्वास्थ्यकर्मीहरुसंग अपेक्षा रहेको छ । अहिले स्वास्थ्यका सूचकहरुमाथि क्रमश सुधार आएको देखीन्छ, यसले केहि सन्तोस त मिलेको छ तर अझै सुधार गर्नुपर्ने धेरै विषय रहेको उनले बताए ।
कार्यक्रममा सुआहाराकी फिल्ड सुपरभाईजर माधवा जिसीले गाउँपालिका क्षेत्रभित्र यस कार्यक्रमले गरेका कामको बारेमा जानकारी दिएकी थिईन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top