शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

नीजि जीवनलाई सामाजिक जीवनसँग नजोड्न गाउँपालिका अध्यक्ष गिरीको आग्रह


सागर रिजाल
प्युठान, १४ भदौं ।
दोश्रो विवाह गरेको आरोप खेपेका गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीले नीजि जीवनलाई सामाजिक पाटोसँग नजोड्न आग्रह गरेका छन् ।
‘सामाजिक जीवन र नीजि जीवन फरक पाटो हुन्, मलाई गहिरो गरी थाहा छ । शनिवार विज्ञप्ती निकालेर गिरीले भनेका छन्,– ‘यो दुवै मध्ये मेरो नीजि जीवनको पाटो सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु भन्ने लाग्छ । ’
दोश्रो विवाह गरेको भन्ने मुद्धा र समाचारमा लागेको आरोपमा कुनै सत्यता नभएको उनले दावी गरेका छन् । वालविवाह गरेको भन्ने हल्ला फैलाइएको भन्दै उनले दुःख प्रकट गरेका छन् । प्रहरी कार्यालयमा परेको भनिएको जाहेरीको अनुन्धानमा सहयोग गर्ने उनले विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएका छन् ।
सामाजिक क्षेत्रमा साझा दायित्व पुरा गर्न सधैसँगै रहने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गिरीले आफ्नो झण्डै १० वर्षे लामो घरायसी समस्यालाई मेसिनो गरी लेखाजोखा गरिदिनु अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top