शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पोखरीमा डुबेर बालकको मृत्यु


सागर रिजाल
प्युठान,११ भदौ ।
प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुधवार दिउसो तीन बजे प्युठान नगरपालिकाको कार्यालय नजिकै रहेको माछा पोखरीमा डुबेर मल्लरानी गाउँपालिका –४ पाण्डेडाँडाकी अमृता थापाको १५ महिनाको छोरा मधुसुदन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
बच्चालाई पोखरी नजिकै सुताएर आमा काम गर्न गएको र बच्चा जागेपछि खेल्दै गई पोखरीमा डुबेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा लैजादै गर्दा मृत्यु भएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।
माडीले बगाउँदा एक बेपत्ता
माडी नदिले बगाउँदा एक यूवक वेपत्ता भएका छन् । बुधबार दिउसो १२ वजे माछा मार्ने क्रममा नदिले बगाउँदा स्वर्गद्धारी नगरपालिका –४ भिंग्रीका २८ बर्षीय कात्र्तिके रावल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख कार्कीले बताउनुभयो ।
नदिमा बेपत्ता भएका रावलको इलाका प्रहरी कार्यालय भिंग्री र स्थानीयहरुले खोजी कार्य अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top