शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जुम्रीकाढाँमा आगलागी हुँदा दुई घर जले


प्युठान,११ भदौ ।
प्युठान नगरपालिका– ५ जुम्रीकाढाँमा सोमबार आगलागि हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएको छन् । जुम्रीकाढाँका ६६ वर्षिय गोपाल कामी र उनको बुहारी कल्पना विकको घरमा आगलागी भएको हो । सोमबार दिउसो एक बजे तिर आगलागी भएको स्थानियले बताए । भैसीलाई कुडो पकाईदिएपछि आगो निभाएको थिईन्, कल्पनाले भनिन,–‘म गाउँमा गयको थिए त्यहिबाट आगो सल्कीएर घर गोठ जले । ’ आगलागीबाट कुनै मानवीय क्षती नभएपनि घरमा भएका लत्ताकपडा ,अन्नपात र नगद पाँच हजार रुपिँया जलेर नष्ट भएको आगलागी पिडीत गोपाल कामीले बताए । स्थानियको सक्रियतामा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए । घर जलेपछि हाँल छिमेकीको घरमा बस्दै आएको उनले बताए । आगलागीबाट करिब १० लाख क्षती भएको आगलागी पिडित कल्पना विकले बताईन् ।
आगलागी पिडीतलाई राहत प्रदान


आगलागी पिडीतलाई प्युठान नगरपालिकासंगै विभिन्न संघसंस्थाले राहत प्रदान गरेका छन् । प्युठान नगरपालिकाले प्रति परिवारलाई २५÷२५ हजार रुपिँया र लत्ताकपडा वितरण गरेको छ । त्यस्तै उद्योग वाणिज्य संघले दुुई बोरा चामल, दाल, चिनी, तेल, नुन वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, भाडाकुडाँ, कम्मल लगाएतका सामाग्री पिडीत परिवारलाई दिएको छ ।
कालिका विकास केन्द्र नेपालले पनि आगलागी पिडीतलाई त्रिपाल,कुसन,डेक्ची लगाएतका सामाग्री वितरण गरेको छ । निर्माण व्यवसायी संघ प्युठानले दुई घरपरिवारलाई २५÷२५ सय रुपिँया राहत दिएको छ । र साईरामले पनि आगलागि पिडीतलाई चामल, दाल , नुन , तेल लगायतका सामाग्री दिएको आगलागी पिडीत गोपाल कामीले बताए ।
प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपति, नगरउपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लछुमन भण्डारी, उद्योग वाणिज्य संघका प्रतिनिधि दुर्गा भुसाल लगाएतको उपस्थितीमा राहत सामाग्री प्रदान गरिएको हो । राहत प्रदान गर्दै नगरप्रमुख कक्षपतिले आगलागी भएका परिवारलाई विभिन्न ठाउँबाट राहत सामाग्री संकलन गरि प्रदान गरेको बताए । आगलागी पिडीतलाई प्रदेश सरकारबाट जस्तापाताका लागि प्रति परिवार ५० हजार दिने व्यवस्था रहेकाले वडा र नगरपालिकाबाट सिफारिस दिई प्रदेश सरकारबाट माग गरिने नगरप्रमुख कक्षपतिले बताए ।

पत्रकार सागर रिजालको सहयोगमा !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top