प्युठान, ७ भदौ ।
सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गर्न लागेको छ । स्थानिय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गर्ने उदेश्यले पालिकाले ल्याब सेवा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो । पालिकाका सामुदायिक स्वास्थ्य ईकाई चार सहित सात वटा स्वास्थ्य संस्था मध्ये चालु आर्थिक वर्षमा तीन स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिने अध्यक्ष विश्वकर्माको भनाई छ । उनका अनुसार वडा नंम्बर १ का बांगेशाल स्वास्थ्य चौकी, वडा नंम्बर ३ को हंसपुर स्वास्थ्य चौकी र वडा नंम्बर ५ को ढुंगेगढी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन हुन लागेको हो ।
ग्रामिण क्षेत्रमा ल्याब सेवा सञ्चालन भएको देखिदैन, यसले ग्रामिण जनतामा ठूलो समस्या पैदा हुने गर्दछ गाउँपालिकाले अध्यक्ष विकले भन्नुभयो,–‘ग्रामिण जनतालाई सुरक्षित स्वास्थ्य सेवा दिने उदेश्यले ल्याब सेवा सञ्चालन गरेका हौँ । ’ सामान्य रोगहरुको औषधीपनि ल्याबटेस्ट विना सेवन गर्नाले रोग बल्जीने समस्या हुँदा गाउँका गरिवी जनताहरुलाई मर्नुपर्ने समस्या हुने गाउँपालिका अध्यक्ष विकले बताउनुभयो ।
टाढा जाने बाध्यता हट्यो
सामान्य रोगहरुको लयाब टेस्ट गराउनका लागि यस क्षेत्रका स्थानियहरु विजुवार, दाङको भालुवाङ लगाएतको क्षेत्रमा जानुपर्ने बाध्यता थियो । सामान्य परिवारका व्यक्ति बिरामी भएमा ल्याब टेस्ट विनानै औषधी सेवन गर्नुपथ्यो । यसले गर्दा के रोग लागेको हो भन्ने पनि थाहाँ हुनेथिएन, गाउँपालिका अध्यक्ष विकले भन्नुभयो,–‘यस्ता समस्याको समाधान र स्थानियलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न ल्याब सेवा सञ्चालनमा ल्याएका हौँ । ’ यसले स्वास्थ्य संस्था प्रभावकारी संगै सोलियतामा बिरामीले सेवा पाउने अध्यक्ष विकको भनाई छ ।
१५ लाख बजेट विनियोजन
तीन स्वास्थ्य चौकीमा ल्याब सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा १५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओलीले जानकारी दिनुभयो । वडा नंम्बर तीनमा रहेको हंसपुर स्वास्थ्य चौकीमा ५ नंम्बर प्रदेश सरकारको सहयोगमा ल्याब सञ्चालनका लागि ६ लाख ५० हजार रुपिँया बराबरको उपकरण आएको र अरु दुई वटामा गाउँपालिकाले विनियोजित गरेको बजेटबाट उपकरणहरु खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो ।
तीन जना ल्याब असिष्टेण्ट राखिदै
पालिकाले ल्याब सञ्चालनका लागि तीन जना ल्याब असिष्टेण्ट समेत राख्ने भएको छ । ल्याब असिस्टेण्ट राख्नका लागि लिखीत परिक्षा भईसकेको र अन्र्तवार्तापछि छनोट हुने प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिनुभयो । असोज १ गतेबाट तीन वटै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । ल्याब असिष्टेण्टलाई मासिक १५ हजार रुपिँया तलबको व्यवस्था गरिएको छ । हाँलसम्म यस गाउँपालिकाका कुनै स्वास्थ्य चौकीमा ल्याब सेवा नभएकोले यो सञ्चालन संगै यस क्षेत्रका बासिन्दाहरु विरामी भएमा सहज रुपमा ल्याब सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । यो सञ्चालन भएसंगै सुगर, ब्लड, दिसा, पिसाब लगाएत ल्याब टेस्ट गर्नका लागि यहाँका स्थानियहरु आफ्नै पालिका बाहेक अनेत्र जान पर्ने बाध्यता हटने गाउँपालिकाले जनाएको छ ।
#पत्रकार सागर रिजालको सहयोगमा तयार पारिएको समाचार !
कमेन्ट गर्नुहोस !