
सागर रिजाल
प्युठान,५ भदौँ ।
प्युठानमा विद्युत आपुर्ति सेवा नियमित बन्न सकेको छैन् । गर्मी मौसमको सुरुवातसंगै विद्युत सेवा नियमित बन्न नसक्दा प्युठानी आम जनताहरुले सास्ती भोग्नुपरेको छ । दैनिक रुपमा लाईन आउने जाने संगै भोल्टेज समेतमा उतारचढाव देखीने जस्ता कारणले जिल्लाबासी दुखी छन् । नियमीत विद्युत नहुँदा उपभोक्ताहरुले भने सिस्टममा आउने खराबी वाहेक प्युठानमा चौबिसै घण्टा बिजुली बाल्ने प्रतिबद्धता गरेका झिमरुक जलविद्युत केन्द्र र विद्युत प्राधिकरण शाखाको लापरवाहीले समस्या भएको बताएका छन् । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपीरहेका छन् भने विद्युत सेवामा भर पर्ने अस्पताल, मालपोत, सरकारी काम, एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् ।
सरकारलाई ध्यानाकर्षण
विद्युत सेवा अनियमित भएपछि प्युठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकाका प्रमुखहरुले प्रमुख जिल्ला अधिकारी मार्फत उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएका छन् । प्युठानमा विद्युत सेवा नियमित नहुनु र यस तर्फ कसैको ध्यान नगएपछि दुई नगरपालिकाका प्रमुखहरुले प्रजिअ मार्फत ध्यानाकर्षण पत्र पठाएको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । प्युठानी जनताले गाँस संग साटेर जिल्लामा प्रयाप्त पुग्ने गरि झिमरुक जलविद्युत उत्पादन भएपनि नियमित रुपमा उपभोग गर्न नपाउनु ठूलो समस्या भएको उहाँले बताउनुभयो । नेपालको सासकिय संरचनानै परिवर्तन भएको अवस्थामा जनताले विद्युत बाल्न नपाउनु निराशाजनक काम भएको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
अहिले विद्युतिय सेवामा विभिन्न बाहना वा प्रशारणमा गढवडी जस्ता कारण देखाई जनतालाई सास्ती दिईएको छ, अब यो कुनै हालतमा सुईकार्य हुदैन, स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले भन्नुभयो,–‘सिंगो मुलुकलाई लोडसेडिङमुक्त बनाउने सरकारी प्रतिवद्धता समेत आईसकेको सन्र्दभमा प्युठानमा हदैसम्मको विद्युतिय गडवडी देखीनुहुदैँन । ’ जिल्लामा विद्युत अनियमितता अतिनै वढेपछि संघीय सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । दुई नगरप्रमुखले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्युत प्रशारण संग सम्वद्ध बुटवल पावर कम्पनी , नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारणमा देखिएका गडवडी वा कारण पत्ता लगाई यसको निधानका लागि तत्काल सक्रियता हुन आग्रह गर्नुभएको छ ।
भोल्टेज कम हुँदा विद्युत नियमित भएन
विद्युत प्राधिकरण प्युठान शाखाका कार्यालय प्रमुख जयनन्द बोगटीका अनुसार बर्खाको समयमा विद्युत भोल्टेजको कमि, सिष्टमको समस्याले गर्दा विद्युत नियमित नभएको बताउनुभयो । यो भन्दा अगि दुई महिना भोल्टेजमा समस्या आयो, बोगटीले भन्नुभयो,–‘अहिले सुधारन्मुख गतिमा छ । ’ पहिले भन्दा अहिले केही कम भएको र यो समस्या हल हुने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !