शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ऐरावतीमा प्रभावकारी बन्दै ‘बृद्धलाई ओखती’ कार्यक्रम


प्युठान, १ भदौ ।
ऐरावती गाउँपालिकाले सञ्चालन गरेको ‘बृद्धलाई ओखती कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष ०७४÷०७५ देखी गाउँपालिका क्षेत्रका ८० वर्ष पार गरेका जेष्ठनागरिक घरमै औषधी उपचार गर्ने उदेश्यले गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम मार्फत पालिकाका ६ वटै वडाका जेष्ठनागरिकले सेवा पाएका छन् । गाउँपालिका भित्र रहेका दाङवाङ, बरौला, बिजुली, पकला , धुवाङ र रस्पुरकोटमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीले बृद्धबृद्धालाई घरमै पुगी उपचार सेवा दिएको गाउँपालिका स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले भने,‐‘ स्वास्थ्यकर्मीहरु मार्फत घरमै पुगि स्वास्थ्य सेवा प्रदान गरेका छौँ । ’
स्वास्थ्यकर्मिले जेष्ठनागरिकलाई घरमै पुगेर जाँच सेवा संगै निशुल्क रुपमा औषधी दिएको उनले बताए । उनीहरुलाई रोगसंग सम्बन्धित औषधी दिन्छौँ । उनले भने,‐‘ उपचार संगै सल्लाह सुझाव पनि दिदैँ आएका छौँ । ’
जेष्ठ नागरिकको सहजताका लागि कार्यक्रम
पालिका क्षेत्रमा रहेका जेष्ठनागरिकलाई स्वास्थ्य संस्था जान अफ्ठेरो हुने भएकाले उहाँहरुको सहजताका लागि यो कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले बताए । उनले भने,–‘यो कार्यक्रम मार्फत उपचार गराउने जेष्ठनागरिकहरुको संख्या बृद्धि भएको छ । ’ यो कार्यक्रम मार्फत उपचार गराउनुभएको जेष्ठनागरिकहरु खुसी भएको गाउँपालिका अध्यक्ष शाहको भनाई छ ।
स्वास्थ्य सेवामा पहुँच पु¥याउन गाउँपालिकाले ‘बृद्धलाई ओखती’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । उमेर समुहभन्दा बाहिर रहेका जेष्ठनागरिकलाई उपचारमा सहज होस भन्ने उदेश्यले गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनले भने,‐‘आफै हिड्न नसक्ने र अरुको सहायतामा हिड्ने जेष्ठ नागरिकलाई यो कार्यक्रमले सहायता गर्ने छ । ’ यो कार्यक्रम आफैमा राम्रो छ । उनले भने,‐‘गाउँपालिकाले निरन्तरता दिन्छ । ’
बिरामी भएको बेला फोन मार्फत जानकारी गराए ऐरावती गाउँपालिका ‐६ बिजुली महेन्द्रदिपकी ८० वर्षिय राधा बस्नेतले भनिन,‐‘बिजुली स्वास्थ्य संस्थाका कर्मचारी आएर औषधी, उपचार गर्नुभयो खुसि छु । ’ उहाँले दिएको औषधी खाए त्यहि औषधीले सन्चो भयो । उनले भनिन,‐‘ यो कार्यक्रमले म जस्ता वुढावुढीलाई राहत मिल्छ । ’ आफुलाई सन्चोँ नहुँदा स्वास्थ्यकर्मीहरुलाई बोलाउने गरेको उनले बताईन् । पालिकाले सञ्चालन गरेको यो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिईन् ।

दुई सय जेष्ठनागरिकले सेवा पाए
गाउँपालिकाले शुरु गरेको बृद्धलाई ओखती कार्यक्रमबाट हाँलसम्म दुई सय जना जेष्ठनागरिकले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए ।
जेष्ठनागरिकलाई औषधी खरिदको लागि गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा दुई लाख रुपिँया ,आर्थिक वर्ष ०७५÷०७६ मा दुई लाख ८० हजार रुपिँया र चालु आर्थिक वर्षमा तीन लाख रुपिँया विनियोजन गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
जेष्ठनागरिक अनुभव केन्द्र
ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्षमा जेष्ठ नागरिक अनुभव आदान प्रदान केन्द्रका लागि भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि पालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष शाहले बताए । उमेरले नेटो काटेका जेष्ठनागरिकहरुलाई घरमा समय विताउन गाहृो भएको अवस्थामा उक्त केन्द्रमा गई आपसमा अनुभव साटासाट गर्नुका साथै भजनकृतन गरि समय विताउनको लागि पनि सहज हुने भन्दै भवन निर्माण गरिने गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top