
सागर रिजाल
प्युृठान,३१ साउन ।
प्युठान नगरपालिका– ९बुढादेवीमा सामुहिक एकिकृत कृषि फर्म सञ्चालन गरिएको छ । यस क्षेत्रका १८ जना कृषकले कुसुनढुंगा एकिकृत कृषिफर्म मार्फत सामुहिक व्यवसाय सुरु गरेका हुन् ।
नेपाल कृषि प्रदान देश भनेर चिनिरहँदा गाउँठाउँमा कृषि पेशा लोप हुन थालेकोले गाउँमै कृषि फर्म मार्फत उत्पादन सुरु गरिएको फर्म सञ्चालक समितिका अध्यक्ष बोम बहादुुर भण्डारीले बताए । मानिसहरु उत्पादन गरेर भन्दा किनेर खाने वढी भेटिन्छन्, भण्डारीले भने,–‘ यस्तो प्रकृतिका समस्यालाई हल गरि गाउँठाउँमै केहि उत्पादन गर्ने उदेश्यले फर्म सञ्चालनमा ल्याएका हौँ । ’ कृषिफर्म सञ्चालन संगै यो गाउँ तरकारीमा आत्निर्भर हुने विश्वास लिईएको छ ।
गत कार्तिक महिनादेखी फर्म सञ्चालन गरिएको हो । फर्ममा तरकारी खेति, लोकल कुखुरा पालन, बाख्रा पालन, दुधउत्पादन, माछा उत्पादन गरिएको फर्म सञ्चालक समिति अध्यक्ष भण्डारीले बताए । उनका अनुसार फर्ममा पाठापाठी गरेर ३२ वटा, दुई सय ५० कुखुरा र चार भैसी रहेका छन् ।
यूवालाई विदेश जान रोक्ने उदेश्य
गाउँमा रहेका केहि गरेर खान सक्ने यूवाहरु अवसर नपाउदा विदेशी भूमिमा होमीन्छन् । बुढादेवी गाउँमापनि यूवाहरु विदेशीने क्रम वढ्दो रहेको सञ्चालक समिति अध्यक्ष भण्डारीले बताए । उनले भने,– ‘ यूवाहरुलाई गाउँमा केहि गरे सम्भव हुन्छ र आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणा दिन खजेका छौँ ।’ फर्म सञ्चालन भएपछि फर्मका यूवाहरु कामका खोजिमा बाहिर नगएको भण्डारीले बताए ।
समुहका सदस्यहरुले प्रतिव्यक्ति रु दुई लाख रुपिँया लगानी गरि फर्म सञ्चालनमा ल्याएका हुन् । ५ नंम्बर प्रदेश सरकारबाट उक्त फर्मलाई आर्थिक वर्ष ०७५÷०७६ मा तरकारी उत्पादनका लागि ६ लाख रुपिँया सहयोग भएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार संरचना निर्माण संग अन्य सामाग्री निर्माण रहेकाले फर्म सञ्चालनका लागि ३५ लाख रुपिँया लाग्ने बताए । फर्ममा चार जनाले ज्यालादारी गर्दै आएका भने एक जनालाई महिनावारी १५ हजार रुपिँया तलब दिने गरि काम गर्नका लागि राखिएको अध्यक्ष भण्डारीले बताए ।

व्यवसायिक खेति गर्न सकिने
ब्ुाढीदेवी गाउँमा कृषि खेति उत्पादन गर्नका लागि जग्गा संगै सिँचाईको सुविधा भएकाले व्यवसायिक खेति गर्न सकिने अध्यक्ष भण्डारीले बताए । यस क्षेत्रमा उत्पादन हुने बस्तुहरु बजार नजिक भएकाले विक्रीमा समस्या नहुँने बताए । खेति गर्नका लागि ६० रोपनी जग्गा भाडामा लिएको उनले बताए । उनले भने,–‘प्रतिरोपनी साढे आठ हजार रुपिँया बार्षिक भाडा तिर्ने गरि जग्गा भाडामा लिएका छौँ । ’
अध्यक्ष भण्डारीले आफुहरुले व्यवसायिक रुपमा दुध उत्पादनका लागि २० वटा भैसी पाल्ने योजना बनाएपनि आर्थिक नहुँदा पाल्न नसकिएको बताए । उनले भने,–‘प्युठान नगरपालिकाले सहयोग गर्यो भने दुध उत्पादनमा सघाउ हुने थियो । ’
कमेन्ट गर्नुहोस !