आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्वर्गद्धारी नगरपालिकाको बजेट झण्डै ५२ करोड सड्क,उज्यालो नगर, जिरो होम डेलीभेरी सेवा प्राथमिकता


सागर रिजाल
प्युठान ।
स्वर्गद्धारी नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि ५१ करोड ६५ लाख ९२ हजार रुपिँया विनियोजन गरेको छ । “समृद्ध नगर, सुखी नगरवासी” भन्ने अभियानलाई सार्थक पार्नका लागि बजेट विभिन्न निकायमा विनियोजित गरेको नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । नगरपालिकाले एक वडा एक नमुना सडकको अवधारणा अनुसार सडकहरुको स्तरउन्नती, निर्माण तथा नियमीत सवारी साधन संचालनको लागि रु. एक करोड ८० लाख र सडक निर्माण तथा मर्मतको रु. चार करोड ३० लाख, १२ हजार विनियोजन गरिएको नगरप्रमुख रोकायले जानकारी दिए ।
उज्यालो नगर
नगरपालिकाले नगरक्षेत्रलाई उज्यालो बनाउने अभियान सञ्चालन गरेको छ । नगरपालिका भित्र विद्युत सुविधाको पँहुच नपुगेका सवै घरधुरीहरुमा विद्युत सेवा उपलव्ध गराउन शशर्त अनुदानबाट बैकल्पीक उर्जा कार्यक्रमबाट रु.११ लाख ३२ हजार र उर्जा क्षेत्र विकासको लागि रु.५० लाख वजेट विनियोजन गरिएको छ । विद्युत लाइन वाट विद्युत सेवा नपुग्ने घरपरिवारलाई सोलार विधीवाट उज्यालो प्रदान गरिने , भिंगृ वजार क्षेत्रमा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रम सँगको साझेदारीमा सडक सोलार वत्तिको व्यस्था मिलाइनका लागि साझेदारी वजेटको व्यवस्था गरिएको नगरप्रमुख रोकायले जानकारी दिए । यसका साथै सोलारबाट सिंचाई, सोलारवाट खानेपानी आयोजनाहरु संचालनमा ल्याइने योजना नगरपालिकाको छ ।

एक घर एक धारा निर्माण
नगरपालिकाले नगरक्षेत्रभित्र रहेका बासिन्दाका घरमा एक–एक ओटा धारा निर्माण गर्ने भएको छ । यस नगरपालिकाको खानेपानी,सरसफाइ र स्वच्छता ( ध्ब्क्ज् एबिल ) तयार गरि सवै वडाका खानेपानी सुविधा नपुगेका सबैघरहरुमा खानेपानीको सुविधा पुराउने लक्ष्य राखिएको नगरप्रमुख रोकायले बताए । खानेपानी तथा सरसफाइ कार्यक्रमको लागी नगरपालिकाले दुुई करोड ५८ लाख रुपिँया बजेट विनियोजन गरेको छ । साथै यो योजनाका लागि थप बजेट प्रदेशसंग माग गरिने नगरप्रमुख रोकायले बताए ।
सुरक्षीत आवास
खरको छानामा गुजरा चलाईरहेका नगरक्षेत्रका घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने कार्यक्रम पनि प्राथमिकतामा रहेको नगरप्रमुख रोकायले जानकारी दिए । स्वर्गद्धारी नगरपालिका वडा नंं ४,७,८ र ९ का गरीव तथा विपन्न खरको छानामा जीवन निर्वाह गरिरहेका चार सय १६ घरपरिवारहरुमा जस्ता पाता उपलव्ध गराईसकिएको र आगामी दुई वर्ष भित्रमा वाकी एक हजार आँठ सय १७ घरहरुमा खरको छाना विस्तापित गरि जस्तापाता लगाईदिने नगरप्रमुख रोकायले जानकराी दिए । सुरक्षित आवास कार्यक्रमका लागि नगरवाट रु. एक करोड ५० लाख र प्रदेस सरकारवाट रु. एक करोड ५० लाख गरि कुल रु.तीन करोड बजेट विनियोजन गरिएको छ ।
जिरो होम डेलीभेरी सेवा,
नगरपालिकाले जिरो होम डेलीभेरी सेवा अभियान सञ्चालन गरेको छ । यस अभियान मार्फत मातृत्व सेवा, प्राथमिक स्वास्थ्य सेवा, क्षयरोग नियन्त्रण,एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रम, एकिकृत वाल स्वास्थ्य एवं पोषण, महामारी तथा रोग नियन्त्रण, अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण, अस्पताल निर्माण सुधार, व्यवस्थापन सूचना प्रणाली,राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र संचार केन्द्र, उपचारात्मक सेवा कार्यक्रम, नर्सिङ्ग तथा सामाजिक सुरक्षा सेवा लगाएत स्वास्थ्य क्षेत्रका बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिने छ । यसका लागि तीन करोड ४२ लाख १२ हजार बजेट विनियोजन गरिएको छ । औषधी ब्यबस्थापन, स्वयंसेविका प्रोत्साहान, गर्भवती महिलाहरुलाई पोषण सामाग्री, स्वास्थ्य शिविर तथा आयुर्वेद सेवा जस्ता बिभिन्न कार्यक्रम संचालनको लागी नगरपालिकाबाट रु.६० लाख ८५ हजार बजेट विनियोजन गरिएको छ । गर्भवती तथा सुत्केरी आमा र वच्चाको स्वास्थ्य सुविधालाई मध्यनजर गरि यस नगरपालिकावाट गर्भवती उत्प्रेरणा र संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिईने नगरप्रमुख रोकायले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top