आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

उपचारका लागि आर्थिक सहयोगको माग्दै पुन


सागर रिजाल
प्युठान ,२५ साउन ।
नौवहिनी गाउँपालिका –५ डाम्रीका भद्रसिहं पुन लामो समयसम्म राजनीति गरे । तत्कालिन नेकपा माओवादी पार्टीमा आवद्ध भई विभिन्न आन्दोलनमा देश र जनताका निम्ती काम गरे । हाँल उहाँ मुटुरोगको बिरामी हुनहुन्छ । ०६६ सालदेखी उहाँलाई मुटुरोगले आक्रमण गरेको हो । उहाँको समयमा उपचार हुन नसक्दा अहिले मुटुको बाया भल्वले काम गर्न छाड्ेको छ । डक्टरले उनलाई मुटुको बाया भल्व फेर्नुपर्ने बताएका छन् । पुन काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत छन् ।
पुनको उपचारका लागि हाँलसम्म १० लाख रुपिँया खर्च भएको र भल्व फेर्नका लागि अझै पाँच लाख ९० हजार रुपिँया जम्मा गर्न उपचारमा संग्लन डा. नवीनचन्द्र गौतमले बताएका छन् । घरको आर्थिक अवस्था कमजोर हुदा उनको उपचारमा समस्या भएको छ । उनले आफ्नो उपचारको लागि सबैसंग सहयोग मागेका छन् । सहयोग गर्न चाहानेले उनको मोवाईल नम्बर ९८४७९२५६०६ मा फोन र ईन्भेष्टमेन्ट बैंकमा रहेको खाता नंम्बर ०७६०५०५०२५४६७० मा रकम जम्मा गरि सहयोग गरिदिन आग्रह गरेका छन् । ३८ वर्षिय पुनको श्रीमती, दुई छोरा छन् ।
झण्डै दुई लाख रकम जुट्यो
पुनको उपचारको लागि सहयोग जुटेको छ । उद्योग बाणिज्य संघ नौवहिनी बजार ईलाकाको संयोजनमा हाँल सम्म एक लाख ९० हजार रुपिँया संकलन भएको ईलाकाका सचिव महेश थापाले जानकारी दिए । यस क्षेत्रका राजनीतिक दल, जनप्रतिनीधि, समाजसेवी, व्यवसायी, वित्तिय संस्थाहरुले पुनको उपचारमा सहयोग गरेको थापाले बताए । सहयोग रकम उठन कार्य जारी समेत रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top