आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावतीमा ‘एक वडा एक हेलिप्याड’


सागर रिजाल
प्युठान,१९ साउन ।
ऐरावती गाउँपालिका प्युठानले सड्क नपुगेका स्थानमा हेलिप्याड निर्माण गर्न लागेको छ । यस क्षेत्रका गर्भवती महिलालाई उद्धार गर्न,भू–क्षय, बाढीपहिरो, नदी कटान, आगलागी जस्ता प्राकृतिक तथा दैवी प्रकोपका घटनामा परेकालाई तत्कालै उद्धार गर्ने उदेश्यका साथ ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्न लागेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
गाउँपालिकामा हुने विपदका घटनामा तुरुन्त उद्धार गर्नका लागी जिल्लामै पहिलो पटक ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्न थालिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । उनले भने,–‘गाउँपालिका भित्र सडक सञ्जाल नपुगेका ठाउँमा हेलिप्याड निर्माण गर्न लागिएको हो । ’ पालिकाका छ वडामा हेलिप्याड निर्माण गर्न लागिएको हो ।
गाउँपालिकाका सबै स्थानमा सड्क सञ्जाल नपुगेका यो कार्य थालिएको अध्यक्ष शाहले बताए । उनले भने,–‘हेलिप्याडले बिपदको समयमा उद्धार गर्न सहज हुनेछ ।’ विपद् व्यवस्थापन र आपत्कालीन उद्धारको कामलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गर्ने योजना बनाएको उनको भनाई छ । विपद् व्यवस्थापनमा खोज, उद्धार र राहत वितरणको कामलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन समितिमार्फत ‘एक वडा, एक हेलिप्याड’ निर्माणको अवधारणा अगाडि सारिएको उनले बताए ।
तीन लाख ४२ हजार बजेट विनियोजन
हेलिप्याड निर्माण गर्नका लागी जग्गा खोजीसकिएको अध्यक्ष शाहले बताए । हेलिप्याड निर्माणका लागी गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा तीन लाख ४२ हजार बिनियोजन गरेको थियो । काम अन्तिम चरणमा पुगेको र अब निर्माण कार्य शुरु गरिने अध्यक्ष शाहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top