आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्थानिय वन महासंघ ऐरावतिको दोश्रो साधारण सभा सम्पन्न


सागर रिजाल

प्युठान। स्थानिय वन महासंघ ऐरावतिको दोश्रो साधारण सभा शनिवार बरौलामा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा स्थानिय ऐरावति वन महासंघको आयोजनामा साधारणसभा कार्यक्रम गरिएको हो । ऐरावति वन उपभोक्ता महासंघका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य डिलाराम पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । त्यस अवसरमा महासंघका प्रदेश सदस्य सरस्वति न्यौपाने र टेकबहादुर, ऐरावति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हुमबहादुर रासकोटि, गाउँपालिका प्रवक्ता दामु विक, वन उपभोक्ता महासंघ प्युठानका अध्यक्ष दामोदर शर्मा, सचिव छमा श्रेष्ठ लगाएत ऐरावति क्षेत्रका वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भएको हो । ऐरावति वन उपभोक्ता महासंघका कोषाध्यक्ष शान्तराज श्रेष्ठको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा ऐरावति वन उपभोक्ता समितिका अध्यक्ष पोख्रेलले एक वर्ष भित्र ऐरावति क्षेत्रका सामुदायिक वनमा भएका गतिविधिहरुका बारेमा जानकारी गारउनु भएको थियो । पोख्रेलले ऐरावति क्षेत्रमा एक वर्षको अवधिमा सामुदायिक वनहरुको नविकरण, ऐरावति गाउापालिकाको ६ लाख ७८ हजार रुपैंयाको आर्थिक सहयोगमा ५२ वटा सामुदायिक वनमा सिचाई पोखरी निमार्ण गरेको बताउनुभयो । साधारणसभामा शुभकामना दिदैं ऐरावति गाउँपालिकाका प्रवक्ता विकले सामाुदायिक वन उपभोक्ता महासंघ संग समन्वय गरी ५२ वटा सिचाई पोखरी अध्ययन कार्यक्रम मार्फत ५२ वटा सिचाई पोखरी निमार्ण गरेको बताउनुभयो । आगामि दिनमा पनि वन महासंघ ऐरावति गाउँपालिका संग समन्वय गर्न आएमा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रिय सदस्य पौडेलले सामुदायिक वनले राम्रो काम गर्दागर्दै अहिलेको सरकारले बनाएको विधेयकले सामुदायिक बन महासंघलाई अप्ठेरो परेको बताउनुभयो । सामुदायिक वनलाई वैज्ञानिक वन बनाउन सरकारले ल्याएको विधेयक प्रति घोर आपत्ति भएको बताउनु भएको थियो । उहाँले सामुदायिक वनलाई छुटाउन नहुने बताउनुभयो । यो विधेयकको बारेमा आज ऐरावति गाउँपालिकामा जानकारी गराएको र जिल्लाका नौ वटै स्थानियतहमा जानकारी गराउने बताउनुभयो । ऐरावति गाउँपालिकाले पहिलो वर्षमा सिचाई पोखरी निमार्ण गरेको छ । आगामि वर्षमा पनि गाउँपालिका संग समन्वय गरी उल्लेखनिय काम गर्न आग्रह गर्नुभयो । त्यस्तै महासंघका प्रदेश सदस्य सरस्वति न्यौपानेले जिल्लमा वन संरक्षण गर्नको लागि वन उपभोक्ता समिति निमार्ण गरेको बताउनुभयो । उहाँले सामुदायिक वनको सहि सदुपयोग गरि आर्थिक उपार्जन गर्न समेत जोड दिनुभयो ।।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top