
सागर रिजाल
प्युठान,१७ साउन ।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा पूर्वकर्म÷पञ्चकर्म सेवा सञ्चालन भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बिच उक्त सेवा सञ्चालन गरिएको हो । प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिका अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख श्री केशवराज आचार्य रहनुभएको थियो ।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख छविलाल खड्काले पूर्वकर्म पञ्चकर्म सेवाको बारेमा प्रष्ट पार्दै यो सेवा प्युठानमा पहिलो र प्रभाबकारी सेवा भएको बताए । पूर्वकर्म सेवा अन्तर्गत एकागंस्वेदन, सर्वागंस्वेदन र शिरोधारा तथा पञ्चकर्म सेवा अन्तर्गत बाह्यवस्ती र नस्य कर्म तथा अन्य पश्चातकर्महरु अबदेखी निरन्तर प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सेवा प्रवाह गरीने उनले बताए । स्नेहन ,स्वेदन(एकागं तथा सर्वागं) ले वाथ रोगी, जिउ भारी हुने, मोटोपना आदिमा शिराधाराकर्म टाउको दुख्ने, माइग्रेन, तनाब, शिरोरोग, कपालको रोग आदिमा लाभदायक हुने , नस्यकर्म ले पिनास ,टाउको दुखाइ, तथा अन्य नाक कान तथा घाँटीका रोगमा र बस्तीकर्म विभिन्न किसिमका वातरोगमा सर्वाेतम लाभदायक हुने उनले जानकारी दिए ।यसरी यो सेवा सफल पार्नको लागी सम्पुर्ण सम्बन्धीत सरोकारवाला निकायहरुलाइ समेत सहयोग तथा सहकार्यका लागि आग्रह गरे ।
सोही कार्यक्रममा पतंजली योग समिती प्युठान तथा उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपतीले योग तथा प्राकरतीक चिकित्साको महत्व बढेको बताए । निमित्त प्रजिअ यज्ञश्वर पन्थीले आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले विरामीले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताए । साथै उनलेआयुर्वे्दिक औषधि उपचार पद्धतिलाई विश्वसनीय र प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए ।पूर्वकर्म÷पञ्चकर्म सेवा विस्तार तथा नमुना जडिबुटि उद्यानको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्यले पछिल्लो समय सर्बसाधारणले आयुर्वेदीक चिकित्साको महत्व र फाईदा बुझदै गएको बताए ।आयुर्वे्दिक चिकित्सा परम्परागत उपचार पद्धति भएकाले यसका असर कम र फाईदा धेरै हुने भएकाले यसको विस्तारमा राज्यले ध्यान पुर्याउनुपर्ने उनले बताए। आयुर्वेद स्वास्थ्य केन्द्रको नमुना जडिबुटि उद्यान भएका अधिकासं जडिबुटि आफ्नै पाखो पखेरामा पाईने भएकाले जडिबुटि उत्पादन र प्रवद्र्धनमा समेत सबैले जोड दिनुपर्चार्नेमा आचार्यले जोड दिए । जडिबुटिको पकेट क्षेत्र नै बनाई औषधि उत्पादन समेत गरेर रोजगारीको वातावरण सिर्जना गर्न सकिने समेत उनले बताए ।

प्युठान आयुर्वेद संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एंव मल्लरानी गाउंपालिकाका अध्यक्ष अमरध्वज रानाले आयुर्वेद केन्द्रले प्रदान गर्ने सेवा सुविधाहरु गुणस्तरीय हुनुपर्ने र यसरी सेवा गुणस्तर वनाउन सवै पक्षाका भुमिका जरुरत रहेको बताए । सेवा सुविधाहरु गुणस्तरीय भए मात्र उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढने भएकाले सेवालाई व्यापक बनाउनुपर्ने उनले धारणा राखे । साथै उनले आयुर्वेदलाई प्युठान जिल्लाकै नमुना बनाउन ब्यक्तिको एक्लो प्रयासले मात्र संम्भव नभएकाले सबै तह र तप्काका ब्यक्तिले जोड दिनुपर्ने बताए ।
साथै सोही कार्यक्रममा प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र नमुना जडिबुटी उद्यानको पनि औपचारीक उद्घाटन गरीएको छ । जि.स.स प्रमुख आचार्यले नमुना जडिबुटी उद्यानमा भएका जडिबुटीहरुका प्रजातीहरुको बिवरण लेखेको बोर्डमा रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी, मल्लरानी गापा उपाध्यक्ष सरिता जिसी, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती सामुदायीक वन महासंघ प्युठानका अध्यक्ष दामोदर शर्मा लगाएतको उपस्थित रहेको थियो । शुक्रवारबाट सञ्चालनमा आएको सेवाबाट ४७ जनाले सेवा लिएको कार्यालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !