
प्यार अलि खाँन
सरुमारानी गाँउपालिकामा अपाङ्गता परिचय पत्र तथा व्यवसाय दर्ता शिविर सुरु भएको छ । ६ दिन सम्म चल्ने शिविरमा अपाङ्गहरुलाई परिचय–पत्र वितरण गरिने तथा स्थानीय व्यवसाय दर्ताको प्रक्रिया अघि बढाईने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरवहादुर वलीले जानकारी दिए । “हामी पालिकाका ६ वटै वडाहरुमा शिविर गर्दैछौँ ।” वलीले भने, “गाँउ तथा बस्तीमै सेवा दिने हाम्रो मुख्य उद्धेश्य हो ।”
वडा नं. १ मा ७ जनालाई अपाङ्गता परिचय पत्र तथा २० जना व्यवसायीहरुको व्यवसाय आधिकारिक रुपमा दर्ता गराईएको वडा अध्यक्ष मुकुन्दराज शर्माले बताए । अपाङ्गगता परिचय पत्र कार्यविधि २०७५ मा स्थानीय सरकारले प्रत्येक वर्ष कम्तीमा १ पटक शिविर संचालन गर्नुपर्ने कार्यविधि वमोजिम शिविर चलाईएको गाँउपालिकाका प्रमुख झगबहादुर विश्वकर्माले बताए । गाँउपालिकाको नीति अनुरुप वडा–वडामा व्यवसाय दर्ता संचालन गरि आन्तरिक राजश्व बृद्धि गर्न व्यवसाय दर्ता शिविरलाई पनि संगसंगै लगिएको गाँउसरकार प्रमुख विश्वकर्माको भनाई छ ।
कमेन्ट गर्नुहोस !