आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

मिस टिनको उपाधी जित्ने आत्मविश्वास बढेको छ ः रितु


प्यार अलि खाँन
नेपालमा रहेका टिनेजरहरुलाई मध्यनजर गर्दे पहिलोपटक “मिस्टर तथा मिस–टिन नेपाल २०१९” नामक प्रतियोगिता राजधानी काठमाण्डौँमा जारी छ । यसै विच प्यूठान सरुमारानी–२ ददेरीकी रितु जि.सि प्रतियोगिताको त्यउ द्दण् मा पर्न सफल भएकी छन् । सयौँ प्रतियोगीको भिँडबाट ऋयलतभकतबलत ल्य ज्ञण् की रितु उत्कृष्ठ २० मा छनौट भएसंगै आफुमा उपाधी जित्ने आत्मविश्वास बढेको जि.सि बताउँछिन् । “म मा कन्फिडेण्ट बढेको छ ।” जिसिले भनिन् , “उपाधी चुम्नेमा नै मेरो पुरा ध्यान केन्द्रित छ ।” प्रतियोगिताले विधार्थी आफ्नो पाठ्यक्रममा मात्र सिमित नभई अतिरिक्त गतिविधिमा पनि उक्तिकै ध्यान दिनुपर्नेमा थप हौसला मिलेको जि.सि बताउँछिन् । कोटेश्वर स्थित हिमालयन कलेज कक्षा १२ मा अध्ययनरत जिसि कानुनको विद्यार्थी हुन् ।

एस.इ.इ तथा प्लस–टु का  विधार्थीहरुलाई मध्यनजर गर्दै उनिहरुको व्यक्तित्व विकास एंव सौन्दर्यताको पक्षलाई विशेष ख्याल गर्दै प्रतियोगिताको आयोजना गरिएको आयोजक एंव वरिष्ठ कोरियोग्राफर सपना राईले बताईन । प्रतियोगितामा दुबै तर्फ उत्कृष्ठ पाँच जना केही हप्तामै छनौट गर्न लागिएको राईले जानकारी दिईन । यस सौन्दर्य प्रतियोगितामा ख्याती प्राप्त रंगमञ्चका कलाकार तथा वरिष्ठ मोडलिङहरुबाट टे«निङ गराईएको राई बताउँछिन् । प्रतियोगितामा देशभरबाट १५ देखि ३० वर्ष सम्म उमेर भएकाहरुले आवेदन भरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top