
जायश्वर जैसी
ठुलाबेसी ,प्युठान ।
गौमुखी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको आवधिक वर्ष ०७५र०७६ को तेस्रो चौमासिक बजेट खर्चको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको कार्यालय लिवाँसे प्युठानमा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाले सेवा प्रवाह र बजेट खर्च गर्दा भएका समस्याहरूको बारेमा सहभागीहरूले प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई उपस्थितिको लागि सूचना नगरेको र जानकारी गराइएकालाई पनि समयमै सूचना नदिएको सहभागीहरूले गुनासो गरेका थिए ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गर्ने र आवश्यक कागजात बारे एकैपटक जानकारी दिने कार्यलाई थप प्रभावकारी बनाउने, गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधा तथा कार्यक्रम गतिविधिबारे सम्बन्धित सेवाग्राहीसम्म सूचना प्रवाहलाई व्यवस्थित गर्ने, प्रत्येक ३र३ महिनामा स्वतस् सार्वजनिक गर्नुपर्ने सूचनाहरू र बजेट खर्च नियमित रूपमा सूचना पाटीमा टाँस गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको छ । कार्यक्रममा गाउँपालिकाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ० गाउँपालिकाका अध्यक्ष मान बहादुर थापा र राष्ट्रिय जनमोर्चाका तर्फबाट भरत बहादुर केसीले राजनैतिक पुर्वाग्रहको आधारमा योजना छनौट र सेवा प्रवाह भएको गुनासो गर्नु भएको थियो भने गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ प्युठान र सहजीकरण युथ ढेभ्लपमेन्ट सेन्टरले गरेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघ प्युठानका सचीव विजयसिंह भारतीले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस !