
प्युठान,१५ साउन ।
सर्पको टोकाइबाट सोत्रेमा एक बालकको मृत्युु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी घर भएका १० वर्षे बालक सुसान्त अधिकारी मृत्युु भएको हो । सोमवार राती करिब साडे ७ बजे मावली घरबाट अर्को घरमा दुधलिन जादा सर्पले डसेको थियो । सर्पले डसे पछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिङ्रीले जानकारी दिएको छ ।अधिकारी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ सोत्रे मावलि घरमा बसेर पढ्ने गरेका थिए भने उनको आमा (बुवा वैदेशिक रोजगारीका लागि भारतमा छन। मृत बालकको मंगलवार अन्तिम दासस्कार गरिएको स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरामणि भण्डारीले बताए ।
कमेन्ट गर्नुहोस !