
सागर रिजाल
प्युठान,१४ साउन ।
ऐरावती गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेको बिदाई गरेको छ । एक वर्षदेखी प्युठानमा कार्यरत प्रजिअ गैहृेको नुवाकोट सरुवा भएपछि विदाई गरिएको हो । गाउँपालिका अध्यक्ष नवील विक्रम शाह, उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन ओली लगाएत जनप्रतिनिधि र कर्मचारीको उपस्थितीमा गैहृेको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा प्रजिअ गैहृेले आफु जिल्लामा रहदा ऐरावतीमा गरेका कामको चर्चा गर्नुभएको थियो । ऐरावतीमा घुम्ती शिविर सञ्चालन, स्वीकृत भएर पनि २१ वर्षसम्म सञ्चालन हुन नसकेको दाङवाङ प्रहरी चौकी सञ्चालन संगै यस क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । ऐरावती गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीबाट आफुलाई काममा ठूलो सहयोग भएकोमा उहाँले खुसी समेत व्यक्त गर्नुभएको थियो ।

विदाई गर्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले प्रजिअबाट गाउँपालिकाले पाउनुपर्ने साथ सहयोग पाएको बताउनुभयो । जे काममा पनि समन्वय गरेर काम गर्नुहुन्थ्यो, गाउँपालिका अध्यक्ष शाहले भन्नुभयो,–‘उहाँको कार्यसम्पादन सकारात्मक र न्यायसम्वद थियो । ’ ऐरावती लगाएत जिल्लामै नमुना काम गर्न सफल प्रजिह गैहृको आगामी दिनहरुपनि सफल रहोस भन्ने कामना अध्यक्ष शाहले गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्ष बस्नेतले प्रजिअ गैहृे जिल्लामा आईसकेपछि उल्लेखनीय कार्य भएको बताउनुभयो । समन्वयात्मक पाटो र सन्तुलित व्यवहार जस्ता प्रसस्त गुणहरु भएका प्रजिअ गैहृेको आगामी कार्यकाल सुखद होस भन्ने शुभकामना समेत उपाध्यक्ष बस्तेनले व्यक्त गर्नुभएको थियो ।
त्यस्तै एक वर्षसम्म प्रजिअको भूमिकामा रहनुभएका गैहृेको नुवाकोट सरुवा भएपछि स्वर्गद्धारी नगरपालिका र प्युठान नगरपालिकाले पनि विदाई गरेको छ । प्युठानको प्रजिअ भएर गुल्मी स्थायी ठेगाना भएका हाँल पाल्पामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ आउदै हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !