सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

पकलाको रातोडाँडा : गाई चराउन होईन, अब पिकनीक खान


सागर रिजाल
प्युठान,११ साउन ।
ऐरावती गाउँपालिका वडा नम्बर ५ पकला टाकुरामा पर्ने रातोडाँडा केही समय पहिले गाई,बाख्रा चराउनको लागि उपयुक्त स्थान मानिथ्यो । रातोडाँडामा यस क्षेत्रका मानिसहरु जम्मा हुने गाई,गरु बाख्रा चराउने दुःख सुःख साटने गर्दथे । तर हाँल रातोडाँडा आकर्षक गन्तव्यको रुपमा चिनिन पुगेको छ ।ऐरावती गाउँपालिका र स्थानिय जनताको सक्रियतामा यो स्थान आकर्षकको केन्द्र बन्दै गएको हो । गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न योजना सहित अगाडी वढेको छ । यस ठाउँमा पालिकाले पिकनीक पार्क निमार्ण गरेको छ ।
जिल्लामै नमुना बनाउने उदेश्यसहित ऐरावती पिकनीक पार्क निर्माण कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे,–‘यस क्षेत्रलाई संरक्षणगरी पार्क बनाउने अभ्यास थालेका हौँ । ’ कुनै व्यक्ति यस ठाउँमा घुम्न आउनको लागि रमणिय स्थान बनेको उहाँको भनाई छ । पहिले पनि यस ठाउँमा पिकनीक खान विद्यार्थी संगै अन्य व्यक्तिहरुपनि आउने गर्दथे, गाउँपालिका अध्यक्ष शाहले भन्नुभयो, –‘ यसलाई व्यवस्थित बनाउन गाउँपालिकाले नयाँ कदम चालेको हो । ’
पालिकाले स्थानीय उपभोक्ता समितिलाई जिम्मा दिई यस स्थानमा सड्क निर्माण, घुम्न तथा पिकनीक खान आएका व्यक्तिहरु बस्नका लागि बेन्च राखेको छ । यो संगै चौपारो निमार्ण, चौपारो वरिपरी दुबो रोपण, रुखहरुलाई रङ्गिविरङ्गी गराईएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो । त्यस्तै पिकनिक खान र बस्नका लागि एक कोठा सहित दुई वटा टहरा निर्माण, दुई वटा धारा निर्माण, एक शौचालय निमार्ण गरेको समेत अध्यक्ष शाहले बताउनुभयो ।

#निर्माण गरिएको पार्कको अनुगमनका क्रममा 

पालिकाले यस क्षेत्रमा पिकनीक पार्क निर्माण गरेसंगै आन्तरिक तथा बाह्य पर्यटक वढ्ने विश्वास लिएको अध्यक्ष शाहको भनाई छ । जुनसुकै व्यक्ति आईसकेपछि पिकनिक खाने, मनोरञ्जन गर्ने, यस क्षेत्रको बस्तिको अवलोकन गर्ने, नजिकैको खेल मैदानको अवलोकन गर्ने, झिमरुक नदि र वडा नम्बर पाचँका बस्तिहरुलाई समेत अवलोकन गर्न सकिने अध्यक्ष शाहले बताउनुभयो ।
२१ लाख लगानिमा संरचना निमार्ण
ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा २१ लाख रुपिँया लगानीमा पिकनीक पार्कमा संरचनाहरु निर्माण गरेको हो । यस क्षेत्रमा पिकनीक खानका लागि स्थानिय सगैं छिमेकी गाउँपालिका माण्डवी र छिमेकी जिल्ला अर्घाखाचिका स्थानिय समेत आउने गर्दछन् । पिकनिक पार्क वरीपरि तारजालि लगाउन पोखरी निमार्ण गर्न र यसलाई व्यवस्थित वनाउन अझै काम बाकी रहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ पार्क व्यवस्थित बनाउने उदेश्यले चालु आर्थिक वर्षमा १० लाख रुपैंया बजेट विनियोजन गरेका छौँ । ’ अबको केही समय पछि यसलाई थप व्यवस्थित वनाउने योजना रहेको अध्यक्ष शाहको भनाई छ ।


स्थानिय उपभोक्ताको सक्रियता र गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा पिकनीक पार्क बनाउन सफल भएको स्थानीयबासी वसन्त ढकालले बताउनुभयो । यो ठाउँ देख्दै रमाईलो छ र गाउँपालिकाको मध्य स्थानमा पर्छ । उहाँले भन्नुभयो–‘यसलाई उपयुक्त स्थान ठानेर पार्क निमार्ण गरेका हौँ । ’ परम्परा देखिनै रमाईलो यो ठाउँमा हरीतालिका तिज र पञ्चमिका दिन ठुलो मेला लाग्ने गर्दछ । मेलालाई पनि पार्कले सुन्दरता थप्ने ढकालले बताउनुभयो ।

हरियाली बन्दै पिकनिक पार्क
रातोडाँडामा निमार्ण भएको पिकनिक पार्क हरियाली बन्दै छ । हरियालि र सुन्दर बनाउने उदेश्यले ऐरावती गाउँपालिकाले धुपिसल्ला, दालचिनि लगाएतका तीन सय विरुवाहरु वृक्षारोपण गरेको वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसले पनि पिकनिक पार्कमा थप सौन्दर्यता थपेको छ । ’आन्तरीक तथा बाह्य पर्यटकलाई रातोडाडाँ नयाँ गन्तव्य हुने विश्वास लिएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top