आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा


सागर रिजाल
प्युठान,७ साउन ।
नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटि र राष्ट्रिय जनमोर्चा ऐरावती गाउँपालिका संगठन परिवारको आयोजनामा मंगलबार स्वर्गीय गनाकुमारी श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । मृतक श्रेष्ठको १३ औँ दिनको पुण्यतिथीको अवसरपारि मृतकको घरमै पुगी श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो । मृतकका जेठा छोरा ओमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको सभामा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) जिल्ला अध्यक्ष तुल्सीराम शर्मा, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्य, उपप्रमुख पदम थापा, प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, ऐरावती गाउँपालिका उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) ऐरावती गाउँ संगठन कमिटी अध्यक्ष बुद्धबहादुर बस्नेत लगाएत दुबै पार्टीका नेता कार्यकर्ताको उपस्थितीमा श्रद्धाञ्जली सभा गरिएको हो ।
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै राजमो जिल्ला अध्यक्ष खड्काले सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी श्रेष्ठको मृत्युले पार्टीमा ठूलो क्षती पुगेको बताउनुभयो । बामपन्थी विचार धारालाई समर्थन गरि अगाडी वढनुभएकी श्रेष्ठले देखाएको बाटोमा हामी अगाडी वढनुपर्ने बताउनुभयो ।


नेकपा जिल्ला अध्यक्ष शर्माले पार्टीले एउटा अभिभावक गुमाएको दुखी भएको बताउनुभयो । जन्मिने र मर्ने परम्परादेखी चल्दै आएको हो, उहाँले भन्नुभयो,–‘दुःखलाई शक्तिमा बदली उहाँको सम्झनाका लागि केहि नयाँ काम गर्नुपर्छ । ’ उहाँले देखाएका सामाजिक,पारिवारिक भूमिकालाई निरन्तरता दिनुमा हामी पार्टी कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख थापाले गनाकुमारी श्रेष्ठको निधनले सबैलाई दुःख पैदा भएको बताउनुभयो । उहाँले यो क्षेत्रमा रहेर पार्टीका निम्ती ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो । उहाँले वढाएका अभियानलाई सार्थक बनाउने जिम्मेवारी पार्टीको भएको बताउनुभयो ।
ऐरावती गाउँपालिका उपाध्यक्ष बस्नेतले स्वर्गीय गनाकुमारी श्रेष्ठको मुत्यु ओझिलो छ जसले गर्दा हामीहरुलाई डोर्याएर यहाँसम्म ल्याएको बताउनुभयो । सबैले बुझेको कुरा उहाँ सामाजिक छबी भएको महिला हुनुहुन्थ्यो, उहाँले आफ्ना घरपरिवारका सबैलाई शिक्षित बनाउनुभयो साथै तेतमिात्र नभएर आफ्नो परिवारलाई सधैभरि बामपन्थी राजनीतिमा टिकीरहने प्रेरणा पनि दिनुभयो यो सामान्य कुरा होईन्। आज नेकपा र राजमो एउटै मन्चबाट संयुक्त रुपमा उहाँको सम्झनामा शोक सभा गरेका छौँ यो पनि संयोगको कुरा होईन , धेरै मेहनतपछि हामी एउटै मन्चबाट कार्यक्रम गर्दैछौँ । तपाईलाई हामी सम्झीरहने छौँ र यो शोकसभाको सन्देश भनेको यो घरपरिवारलाई सधैभरि यसैगरि बामपन्थी आन्दोलनमा अडिक रहनुहोला भन्ने पनि भएको उहाँले बताउनुभयो ।
ऐरावती गाउँपालिका वडा नंम्बर ६ अर्लावाङ निवासी गना कुमारी श्रेष्ठको गत असार २६ गते ९० वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । मृतक श्रेष्ठका तीन भाई छोरा र एक छोरी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top