आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

पिच बाटो बनाउन सुरु गर्दै सरुमारानी


प्यार अलि खाँन
प्यूठानको दक्षिणी क्षेत्रमा अवस्थित स्थानीय सरकार सरुमारानी गाँउपालिकाले पालिकाका आन्तरीक सडक स्तरोन्नती गरि पिच गर्ने प्रक्रियाको सुरुवात गरेको छ ।
गाँउपालिकाले यसै आवमा दरभान हाईवे देखि खड्केश्वरी मा.वि–खेल मैदान हुँदै बर्नबिर सम्म जोड्ने मोटरबाटोमा कालोपत्रे (पिच) गर्दै छ । पालिकाले यसै आवमा २० लाख बजेटमा ३ सय ६० मिटर लम्वाई बाटोमा पिच गरेको गाँउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसिले बताए ।
दरभान बर्नबर मोटरबाटोमा अगामी ०७६÷०७७ मा थप २५ लाख बजेट विनियोजन गरि बर्नबिर गाँउसम्म कालोपत्रे गरीने योजना रहेको गाँउसरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए । ‘हामी सडक मात्रै खन्ने होइन, स्तरोन्नती र स्तरबृद्धिलाई पनि संगसंगै लैजान्छौ ।’ अध्यक्ष विश्वकर्माले भने, ‘कालोपत्रे गर्ने प्रक्रियालाई पनि प्राथमिकताका साथ अघि बढाउछौँ ।’
गाँउपालिकाले दरभान १४ नम्बर देखि आँटिटार बस्ती हुँदै वडा नंं १ को वडा कार्यालय सानाकिसान सम्मको मोटरबाटोमा कालोपत्रे गर्ने योजनालाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत अमरवहादुर वलीले बताए । कालोपत्रेका लागि आ.व ०७६÷०७७ मा २० लाख बजेट व्यवस्थापन गरिएको वलीको भनाई छ ।


विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय सडकहरुमा कालोपत्रेको सुरुवात हुनु विकास तथा परिवर्तनको अध्याय सुरु भएको बांगेसालका स्थानीय गंगा बहादुर केसीले बताए । ‘जनताका अपेक्षाहरु धेरै छन् ।’ केसीले भने, ‘प्राथमिकताका आधारमा पालिकाले सन्तुलित विकासको अवधारणा अघि सार्नुपर्दछ ।’ जनताले प्रत्यक्ष महसुुुस गर्ने गरि स्थानीय सरकार जनपक्षिय कार्यक्रमका साथ अघि बढ्नुपर्ने केसीको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top