
सागर रिजाल
प्युठान,२८ असार ।
प्युठान नगरपालिका– ३ विजयनगरका स्थानीयले करिब तीस वर्षको पर्खाईपछि सड्क पाएका छन् । प्युठान नगरपालिकाको आर्थिक सहयोगमा विजयनगर वडा कार्यालयदेखी ओखरकोट जाने सड्क निर्माण भएपछि यस क्षेत्रका स्थानीयको सड्कको सपना पुरा भएको हो । वर्षेनी सड्कका लागि धेरै निकायबाट बजेट विनियोजन भएपनि निर्माण हुन सकेको थिएन् । ‘तीन वर्षको अवधिमा यस सड्कका लागि एक करोड भन्दा वढी बजेट विनियोजन भए होला , स्थानियबासी सुमन श्रेष्ठले भन्नुभयो,–‘बजेट विनियोजन भएपनि काम नहुँदा सड्क निर्माण नभएको हो । ’
चालु आर्थिक वर्षमा आफ्नो नेतृत्वमा सड्क निर्माण भएको श्रेष्ठले बताउनुभयो । जुम्रीको सानो पुलदेखी सिरक डसना उद्योगसम्म करिब ८० मिटर सड्क निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले बताउनुभयो । प्युठान नगरपालिकाको स्टिमेट भन्दा वढी काम गरेको उहाँले बताउनुभयो । नगरपालिकाले ७५ मिटरको स्टिमेट गरेपनि आफुहरुले ८० मिटर सड्क निर्माण गरेको उहाँले बताउनुभयो । सड्कको चौडा तीन मिटर हुनुपर्नेमा चारदेखी नौ मिटर फस्टाएको उहाँले जानकारी दिनुभयो । त्यस्तै उपभोक्ता समितीको नेतृत्वमा गाभे्रलभन्दा बाहेक झण्डै ४० मिटर वढी सड्क मर्मत गरेको उहाँ बताउनुहुन्छ । ३० एम.एम. चौडाई ढलान हुनुपर्नेमा ५० एम.एम. भन्दा वढी काम गर्न सफल भएको उहाँले बताउनुभयो ।
तीन हजार घरधुरी सड्कको पहुँचमा
लामो समयदेखी सड्कको पर्र्खाईमा रहेका विजयनगरका स्थानियहरु यस आर्थिक वर्षदेखी सड्कको पहुँचमा पुगेका छन् । सड्क निर्माण भएसंगै यस क्षेत्रका करिब तीनहजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो । सड्क निर्माणले विजयनगरसंगै विजुवार क्षेत्रका केहि जनता र दाखाक्वाडी क्षेत्रका केहि जनताहरु पनि प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो ।
दुर्घटनाको जोखीम घट्यो
यस क्षेत्रमा सड्क नहुँनु र भएपनि साघुरो हुँदा वर्षेनी मोटरसाईकल दुर्घटना हुनुका साथै कैयौँ व्यक्तिको ज्यान समेत गएको थियो । नगरपालिका क्षेत्र भएपनि बजार क्षेत्रकै छेउमा रहेको सड्क लामो समयदेखी निर्माण नहुँदा स्थानीयहरु चिन्तित थिए । सड्क नहुँदा स्थानीयबासीलाई आवातजावत गर्न समेत समस्या थियो, स्थानीयबासी तिलबहादुर घर्तिले भन्नुभयो,–‘लामो प्रतिक्षापछि सड्क बन्यो अब समस्या हलहुने विश्वास लिएको छु । ’ सड्क बनेसंगै स्थानीयहरु खुसीयाली छाएको उहाँले बताउनुभयो ।
२१ लाख भन्दा वढी लागतमा सड्क निर्माण
प्युठान नगरपालिकाको २१ लाख ३१ हजार रुपिँयको सहयोगमा सड्क निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । धेरै पटक सड्क बनाउनका लागि बजेट विनियोजन भएपनि सहि ढंगले काम नभएपछि यस आवमा आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरि दिगो रुपमा सञ्चालन हुने मनसायका साथ सड्क निर्माण गरेको उहाँले बताउनुभयो । सड्क निर्माणका लागि ठाउँनै नभएकाले जुम्रीखोलामा पक्की पर्खाल उठाई सड्क फिलिङ गरेको उहाँले बताउनुभयो । नयाँ योजनाका साथ सड्कको काम गरेका थियौँ, उहाँले भन्नुभयो,–‘सोचे अनुसार काम सम्पन्न भयो । ’
सड्क सम्पन्न भएसंगै पढ्नका लागि आवातजावत गर्ने विद्यार्थी संगै विजयनगरबासीलाई फाईदा पुगेको उहाँको भनाई छ ।
कमेन्ट गर्नुहोस !