आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

पर्यटक लोभ्याउदैँ भित्रीकोट गार्डेन


सागर रिजाल
प्युठान,२५ असार ।
प्युठान नगरपालिकाले वडा नंम्बर ४ भित्रीकोटमा गार्डेन निर्माण गरेको छ । पर्यटकहरुलाई घुमाउने उदेश्यले भित्रीकोटमा गार्डेन निर्माण गरिएको हो । नगरपालिकाले अगिल्लो आर्थिक वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्य अगाडी वढाएको छ । जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय तिर्थस्थल भित्रीकोट दरबारलाई लक्षित गरि गार्डेन निर्माण गरिएको प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्यले जानकारी दिनुभयो । भित्रीकोट दरबारको नजिकै प्युठान नगरपालिकाको आर्थिक सहयोगमा गार्डेन निर्माण गरिएको छ । भूरेटाकुरे राजाहरु बसेको किवदन्ती पाईने भित्रीकोट दरबारलाई प्युठान नगरपालिकाले पर्यटन पर्वद्धन संगै विकासमा जोड दिएको छ । भित्रीकोट दरबारमा राजारानी बस्थ्ये भन्ने किवदन्ती छ ।
मनोरञ्जनका सामाग्रीले पर्यटकलाई लोभ्यायो
भित्रीकोट दरबार पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ । नगरपालिकाले यसको संरक्षण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेपछि पर्यटकहरु वढेको अनुमान गरिएको छ। पर्यटकहरुलाई बस्न र मनोरञ्जन लिनका लागि गार्डेनमा चर्केपिङ, झुला, ढिकीच्यायो, चिप्लेटी लगाएतका सामाग्रीहरु राखीएको छ । गार्डेनमा जानका लागि सिढी निर्माण गरिनु, मनोरञ्जनका सामाग्री राखिनुलेपनि पर्यटकहरु वढेको भित्रीकोट गाउँका ७९ वर्षिय स्थानीय डालबहादुर थापामगरले बताउनुभयो । पर्यटकहरु यस ठाउँमा घुम्न संगै प्युठानको झिमरुक फाँटको अवलोकन गर्न र धौलागिरी हिमाल समेत हेर्न आउने उहाँले बताउनुभयो ।
पहिलेको समयमा पर्यटकहरु आउने दर निकै कम थियो, स्थानीय डालबहादुर थापाले भन्नुभयो,–‘पछिल्लो समय पर्यटकहरु वढेका छन् । ’ यस क्षेत्रमा दैनिक पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । अरु समयमा भन्दा शनिवार २०÷२५ जना सम्म पर्यटकहरु यहाँ आउने उहाँले बताउनुभयो । भित्रीकोट गार्डेनमा आएका पर्यटकहरुलाई दरबारसम्म पु¥याउने र यस क्षेत्रको बारेमा जानकारी आफुले दिने गरेको उहाँले बताउनुभयो । भित्रीकोट गार्डेन वरीपरि तारबार संगै गेटको समेत व्यवस्था गरिएको छ । भित्रीकोट दरबारमा राजाहरुले प्रयोग गरेका गरेका तरवार, सुनका जलप लगाएका तरबार समेत हेर्न सकिन्छ ।
सड्कले पनि पर्यटकहरु वढायो
प्युठान नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थल भित्रीबोट दरबार हो । यो दरबारमा सड्क नपुग्दा निकै समस्या थियो । प्युठान नगरपालिकाले उक्त दरबारमा चालु आर्थिक बर्षको बजेटबाट सड्क पु¥याएको छ । पहिलेका वर्ष दरबार नजिक पुगेर रोकीएको सड्कमा यसैवर्षको बजेटले सडक निर्माण गरी दरबारमै सड्क पु¥याएको प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्यले बताउनुभयो । प्युठान नगरपालिका ४ मा अवस्थित भित्रीकोटलाई पर्यटन प्रवर्धन गर्न बाटोको स्तरउन्नती गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको व्यपारिक केन्द्र विजुवार देखि ६ किलोमिटर टाढा रहेको ऐतिहासिक दरबार भित्रीकोट यसैवर्ष पुरातात्विक विभागबाट सूचिकृत भएको नगर उपप्रमुख आर्चायले बताउनुभयो । खानेपानीको समस्यामुक्त गराउन प्रदेश सरकारमा सिफारिस समेत गरिएको उहाँले जनाकारी दिनुभयो । चालु आवमा सड्क निर्माण भएपछि पर्यटकहरु आउने संख्यामा वृद्धि भएको स्थानीय नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
करिब १० लाख लगानी
प्युठान नगरपालिकाले रकगार्डेनमा सिढी निर्माण र मनोरञ्जनका सामाग्रीका लागि चार लाख रुपिँया र गार्डेनसम्म सड्क पु¥याउनका लागि पाँच लाख ५० हजार रुपिँया विनियोजित गरेको प्युठान नगरपालिका वडा नंम्बर ४ का वडाअध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले जानकारी दिनुभयो । भित्रीकोटको पर्यटन प्रवद्धनका लागि बजेट विनीयोजित गरि काम गरेको उहाँले बताउनुभयो । ‘गार्डेन निर्माण संगै सड्क समेत निर्माण सम्पन्न भएको छ, वडा अध्यक्ष राजभण्डारीले भन्नुभयो,–‘अबका दिनमा अझ पर्यटक वढने विश्वास लिईएको छ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top