आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्वर्गद्धारी प्यूठान प्रवेश गेट जिर्ण बन्दै


प्यार अलि खाँन
स्वर्गद्धारी प्यूठान प्रवेश–गेट जिर्ण बन्दै गएको छ । सरुमारानी –२ मा अवस्थित उक्त प्रवेशद्धार गेटको पुर्ननिर्माण वा नव–निर्माणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन् ।
तात्कालिन जिल्ला विकास समितिले उक्त गेटको निर्माण गरेको हो । समग्र प्यूठानको प्रतिनिधित्व गर्ने उक्त प्रवेश गेटको संरक्षण तथा सम्वद्र्धनमा प्यूठानका स्थानीय–तहहरुको ध्यान जानुपर्ने प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष इमानसिंह भारतीले बताए । ‘बाहिरी जिल्लाबाट प्यूठानमा प्रवेश गर्नेहरुलाई प्रवेश–गेटले गिज्याईरहेको छ ।’ भारतीले भने, ‘कि पुननिर्माण गरौँ, होईन भने सबै मिलेर विशाल सुन्दर प्रवेशद्धार बनाऔँ ।’
प्रवेश गेटका विषयमा जिल्ला परिषद्मा ध्यानाकर्षण गराएको सरुमारानी गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘सबै स्थानीय सरकारको साझा महत्वको विषय भएकाले मिलेर बनाऔँ भन्ने प्रस्ताव राखेको हो ।’ विश्वकर्माले भने, ‘सबैले नबनाउने हो भने सरुमारानी एक्लै तयार छ पनि भनियो ।’
प्रवेशद्धार गेटको सम्वन्धमा जिल्ला समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको उप–प्रमुख पदम थापाले बताए । ‘हामीले यसै वर्ष मर्मत तथा रङ्गरोगनका लागि आवस्यक बजेट व्यवस्थापन गरेका छौँ ।’ उप–प्रमुख थापाले भने, ‘सम्वन्धित सबैसंग छलफल गरि प्रवेश गेटका सन्दर्भमा आवस्यक निर्णय लिईने छ ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top