आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

मालपोत कार्यालय प्युठानमा अनलाईन सेवा


सागर रिजाल
प्युठान,२२ असार
मालपोत कार्यालय खंलगा प्युठानमा अनलाईन सेवा सुचारु भएको छ । देशका ७७ वटा जिल्ला मध्ये ७२ औँ जिल्लाको रुपमा प्युठानमा सुचारु गरिएको हो । आईतबार मालपोत कार्यालयका प्रमुख गोपाल नकर्मिको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि अनलाईन सेवा सुचारु गरिएको मालपोत कार्यालय प्युठानले जनाएको छ ।
अनलाईन सेवाको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी गैहृेले प्रविधिमैत्री सेवाबाट नागरिकहरूमा सेवाको पहुँचमा सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘ सेवाले अबका दिनमा सेवा छिटो छरितो हुने, कर्मचारीलाई काम गर्न सहज र छरितो हुने, रेकर्ड व्यवस्थापनमा सहजता हुने, अनियमिततामा कमि आउने भई सुशासन कायम गर्न सहज हुने छ । ’
त्यस्तै प्रजिअ गैहृेले अनलाईन मार्फत भू –अभिलेख प्रणालीबाट जग्गाको एकीकृत तथ्यांक संकलन भई सरकारलाई भू –उपयोग सम्बन्धि नीति बनाउन, कार्यान्वयन गर्न तथा कर प्रशासन लागू गर्नको लागि समेत सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘ सबै निकायले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्छ । ’
कार्यालयमा अनलाईन सेवा सुचारु भएसंगै काममा सहज हुने मालपोत कार्यालय प्युठानका प्रमुख मालपोत अधिकृत गोपाल नकर्मीले बताउनुभयो । रजिष्टरमा हुने काम अब कम्प्युटरमा हुन्छन, उहाँले भन्नुभयो,–‘अबका दिनमा काममा सहजता हुनेछ । ’ अर्को जिल्लामा रहेका जग्गाहरुको बारेमा जानकारी समेत थाहाँपाईने हुनाले यो सेवा प्रभावकारी हुने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top