आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

विकासमा प्रदेस सरकारसंग साझेदारी गर्दै प्यूठान नगरपालिका सडक स्तरोन्नती नगरको प्राथमिकतामा


प्यार अलि खाँन
प्यूठान÷नगरको विकासका निम्ति प्यूठान नगरपालिका प्रदेस सरकारसंगको साझेदारीलाई महत्वका साथ अघि बढाएको छ । नगर क्षेत्रको १० वटै वडाहरुमा अन्तर सडक संजालले बस्तीहरु जोडिएको छ भने यस आ.व.मा २७ कि.मी सडकको ट्रयाक खोली स्तरोन्नती गरि बाह्रै महिना सडक संचालनमा ल्याउने नीति ल्याईएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘नगरको चौतर्फी विकासका निम्ति प्रदेस सरकारसङ्गको सहकार्यलाई अघि बढाएका छौँ ।’ नगरप्रमुख कक्षपतिले भने, ‘ठूला योजना कार्यान्वयनमा हाम्रो सहकार्य अघि बढिरहेको छ ।’
नगरपालिकाले नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा ठूला आयोजनाका रुपमा झिमरुक नदिको डिपिआर र जुम्री वसपार्क देखि ढुङ्गेठाँटी–देउराली रोल्पा सम्म १६ किमी सडकको डिपिआर तयार गरि प्यूठान नगरपालिकाको एकीकृत शहरी विकास योजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको नगरप्रमुख कक्षपतिले बताए ।

प्यूठान नगरपालिकाले सडक स्तरोन्नतीलाई प्राथमिकताका साथ अघि बढाएको छ । प्रदेस सरकारसंगको साझेदारीमा वडा नं. ३ र ५ को ढुङ्गेठाँटी–ठूलेगाँउ–देउराली–ओखरबोट–सेपुङ र खाद्यचौर जोड्ने सडक स्तरोन्नती कार्यका लागि रु १ करोड ५० लाखको बजेट व्यवस्थापन गरिएको छ भने वडा नं. ६ र ८ को ढुङ्गेठाँटी–स्वामीफेद–काफलवुटा–लम्छाङनेटा–भलापानी–खप्रेङखोला सडक स्तरोन्नतीका लागि रु १ करोड विनियोजन गरिएको छ । यसै गरि वडा नं. ९ र १० को महत्वपूर्ण चक्रपथ खरिबोट–पारपाखा–आँपडाँडा–बुढादेवी–टाकुुरा–स्यालपाखा–खरिबोट स्तरोन्नती कार्यका लागि रु १ करोड गरि जम्मा रु ३ करोड ५० लाखको पुन टेण्डर आव्हान गरिसकिएको नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाशराज भण्डारीले बताए ।
प्यूठान नगरपालिकाले यसै आ.व.मा प्रदेस सरकार र नगरपालिकाको समपुरक कोषबाट वडा नं. १ र २ मा नदि नियन्त्रणका लागि १ करोड विनियोजन गरेको छ । नगरपालिकाले वडा नं. ४ र ७ पाखाडेरा टाकुरा, खमल्दी सोलार लिफ्ट खानेपानी योजना (सत्तरी) का लागि १ करोड विनियोजन गरि योजनाको काम अघि बढाएको छ ।
प्रदेस सरकार, प्यूठान नगरपालिकाको समपुरक कोष र वृहत खानेपानीको सयुक्त लगानीमा रु १ करोडको बजेटमा खानेपानी योजनाका वाँकी कामहरु भैरहेको छ भने नगर र प्रदेस सरकारकै समपुरक कोषबाट जनता आवास कार्यक्रम अन्तर्गत रु १ करोड बजेटमा कर्कट पाता खरिद गरि यसै आ.व.मा २२० घरधुरीलाई खरको छाना मुुक्त गराईने कार्यक्रम रहेको प्रवक्ता भण्डारीले बताए ।
यसै आ.व.मा प्रदेस सरकारसंगको संयुक्त साझेदारीमा प्यूठानको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकमा रु ४५ लाखको लगानीमा व्यवस्थित फलफुल तथा तरकारी व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याईने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आधुनिक बस्ती विकासका लागि वडा नं. २ र ३ को चितिखोला देखी रातामाटा विद्यालय गेट सम्मको क्षेत्र र भालुवाङ्ग प्यूठान सडक देखि १ किमी उत्तरको क्षेत्रलाई आधार मानी डिपिआर तयार गरि सो क्षेत्रलाई क्रमश निश्चित् समयको लागि विक्रि वितरणमा रोक लगाई सम्वन्धित पक्षसंग अन्तरक्रिया गरि कार्यान्वयनमा लगिने नगरपालिकाले योजना बनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top