
सागर रिजाल
प्युठान,२० असार ।
जिल्लाको ऐरावती गाउँपालिका –१ कोल्बोटकी एक महिलाको ज्यान बचेको छ । दुईदिनदेखी व्यवस्थाले चापेकी कोलबोटकी ३२ वर्षिय मिनकला सुनारको ज्यान बचेको हो । गाउँबाट स्वास्थ्य संस्था आउने सड्क नभएपछि सुनारलाई यस क्षेत्रका एक दर्जन वढी महिलाले दुई घण्टा स्टेचरमा बोकेर दाङवाङ स्वास्थ्य चौकीमा पु¥याएका थिए । स्वास्थ्य संस्थामा पुग्दा महिलाहरु निकै आत्तिएको देखिन्थ्ये । पुरुष नभएपछि गाउँका महिलाले आलोपालो गरि बोकेर अस्पतालमा पु¥याएको स्थानिय निर्मला विकले बताईन् । गाउँमा पुरुषहरु कोहि हुनुहुन्न, बैदेशिक रोजगारीका लागि देश बाहिर हुनुहुन्छ, उनले भनिन,–‘दुई सम्म बाटो हेर्यौ बच्चा नजन्मिएपछि हामी महिलानै कस्सीएर सुत्केरीलाई अस्पताल ल्याएका हौँ । ’ पछिल्लो सयम पुरुषहरु जति सबै वैदेशिक रोजगारको लागि जाने र गाउँमा महिलाहरु मात्र हुने भएका कारण निकै समस्या हुने गरेको उनले सुनाईन् ।
सड्क बिग्रीनाले समस्या
कोल्वोटसम्म जाने सडक निर्माण भएपनि वर्षाको समयमा विग्रीएकाले गाडी चल्दैनन् । गाडी नचलेपछि आवात जावात गर्न समेत समस्या भएका कारण समयमै अस्पतालसम्म पु¥याउँन समस्या भएको स्थानीयहरु बताउछन् ।
अझै पनि हाम्रो समाजमा घरमै सुत्केरी गराउँने प्रचलन कायमै रहदै आएको छ । जब जटिल परिस्थिति सिर्जना हुने गर्दछ, तब मात्र अस्पतालसम्म लैजाने गरिन्छ । जटिल अवस्थामा सुत्केरी आमाको ज्यान समेत जाने गर्दछ । यस्तै समस्या भोगीरहेका कोलबोटका स्थानिय महिलाहरुले व्यथाले चापेकी सुनारको ज्यान वचाउन सफल भएपछि स्थानीय महिलाहरु खुसी भएका छन् ।
स्वास्थ्य संस्था परिवार खुसी
दुई दिन देखी व्यथाले चापेकी मिनकलाको स्वास्थ्य बचाउन सकेकोमा दाङवाङ स्वास्थ्य चौकीपरिवार खुसी भएका छन् । हाँलसम्म स्वास्थ्य चौकीमा यस्ता समस्या आएका थिएनन् , स्वास्थ्य चौकीकी अनमी पार्वता पौडेलले भनिन,–‘आत्मबल सहित महिलालाई सुत्केरी गराउन सफल भयौँ । ’ बुधवार साझ ४ बजे अस्पतालमा ल्याएपनि धेरै समयपछि राती १२ बजे २८ सय ग्रामकी छोरी जन्मिएको अनमी पौडेलले जानकारी दिईन् । महिलाहरुको साहश देखेर आफु प्रभावित भएको उनले प्रतिक्रिया दिईन् । उनका अनुसार सुनारलाई विहिवार दिउसो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
बच्चा जमिएपछि आमा पनि खुसी
दुई दिन सम्म व्यथाले चापेकी मिनकला अस्पतालमा बच्चा सकुशल जन्मिएपछि खुसी भएको बताईन् । ‘मलाई अस्पताल भन्ने थाहाँ थिएन, घरमै बच्चा जन्माउने भनि बसेकी थिए, उनले भनिन,–‘गाउँकी स्वास्थ्य कर्मीले अस्पताल जानपर्छ भनेपछि अस्पतालमा पुगेर बच्चा जन्माए । ’ गाउँले महिला दिदी बहिनीको सहयोगमा अस्पतालमा गएर बच्चा जन्माएकोमा उनले खुुसी व्यक्त गरिन् ।
यो भन्दा पहिले नै एक छोरा र एक छोरी घरमै जन्माएकी मिनकलाले तेश्रो सन्तान छोरीलाई अस्पतालमा जन्माएको बताईन् । अस्पतालप्रति विश्वास थिएन, श्रीमानले पनि घरमै बच्चा जन्माए हुन्छ भन्नुभएको थियो उनले भनिन,–‘छिमेकीले अस्पतालमा लगेर मेरो अनि बच्चाको ज्यान बचाई दिनुभयो । ’
जिल्लामा यस्ता घट्नाहरु धेरै पाईन्छन् । जिल्लाका दुर्गम क्षेत्र गौमुखी, नौवहिनी र ऐरावतीका केहि क्षेत्रमा यो समस्या अझै पाउन सकिन्छ ।
कमेन्ट गर्नुहोस !