आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

४० फुट खुल्ला ठाँउका लागि बुटवलका मुस्लिम समुदाय आन्दोलित


प्यार अलि खाँन
बुटवल÷खुल्ला खाली ठाँउ नछोडेको भन्दै बुटवलका मुस्लिम समुदाय आन्दोलित भएका छन् । बुटवल उप–महानगरपालिकाले वडा नं. १ मा अवस्थित रजाए मुस्तफा मस्जिद अगाडीको खाली तथा खुल्ला ठाँउमा कर्वडहल बनाउने निर्णय गरेसंगै मुस्लिम समुदाय आन्दोलित भएको रजाए मुस्तफा मस्जिद व्यवस्थापन समितिका सदस्य गब्बर अलिले बताए । ‘हामी खुल्ला जग्गा अधिग्रहण होईन संरक्षण गर्न चाहान्छौँ ।’ अलिले भने, ‘मस्जिदका लागि मात्र नभएर सार्वजनिक हितका लागि पनि जग्गा छोडिनु पर्दछ ।’ मस्जिद अगाडी ४० फुट जग्गा खुल्ला राख्ने सहमती उपमहानगरले तोडेको स्थानीयहरु बताउँछन् । न्यायको सिद्धान्त विपरित उपमहानगरले कर्वडहलको निर्माण प्रक्रिया अघि बढाएको अलि बताउँछन् । ‘स्ट्याण्डर मापदण्ड उपमहानगर आफैले कार्यान्वयन गर्दैन् ।’ गब्बर अलिले भने, ‘तर जनतालाई अनिवार्य गराईन्छ ।’ २० फुट बाटो कायम गरि साढे ५ फुट फिडब्याक छोडेर भौतिक संरचना बनाईनुपर्नेमा बुटवल उपमहानगरले भने १३ फुट बाटोलाई नै सदर गरी सरकारी संरचना बनाउन खोज्नु कानुनको उपहास भएको अलिले बताए ।
विभिन्न जालझेलका साथ रजाए मुस्तफा व्यवस्थापन समितिलाई पनि खुल्ला जग्गा व्यवस्थापन निर्णय प्रक्रियामा उप–महानगरले झुक्काएको स्थानीयहरुको आरोप छ । करिब १ सय ३ वर्ष अघि रजाए मुस्तफा मस्जिदको स्थापना भएको मुस्लिम अगुवा युवा सबर मिँयाले बताए । ऐतिहासिक महत्व बोकेको रजाए मुस्तफा मस्जिदको संरक्षणमा उपमहानगरले पनि विशेष ध्यान दिनुपर्ने मिँया बताउँछन् । ‘अल्पसंख्यक जाती समुदायको धर्म संस्कृति संरक्षण गर्नु राज्यको दायित्व हो ।’ मिँयाले भने, ‘सामाजिक सदभाव, आपसीभाईचारा कायम गर्न पनि हाम्रा जायज मागको सुनुवाई हुनुपर्दछ ।’ श्री ३ महारानीको नाममा रहेको उक्त खाली जग्गामा उप–महानगरले कवर्डहल तथा वडा कार्यालय भवन बनाउन लागेको हो । ‘मस्जिदको सिधा अगाडी वडा कार्यालय भवन बनाउँदा उचित हुन्छ होला ।’ स्थानीय सबर मिँयाले भने, ‘प्रार्थना गर्ने ठाँउ नजिकै हो–हल्ला भैरहने कवर्डहल बनाउने निर्णय उपयुक्त नहुनसक्छ ।’
मस्जिद अगाडीको खाली ठाँउ खुल्ला राख्न संवैधानिक राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी नेतृत्वको टोलीमा संविधान सभा सदस्य नजिर मिँया, नेपाल हज कमिटिका अध्यक्ष शम्सेर मिँया, लगाएतका अगुवा नेतृत्वहरुको टोलीले उप–महानगरका मेयर शिवराज सुवेदीलाई विशेष ध्यानाकर्षण समेत गराएको थियो । बुटवलमा करिब ५ हजार मुस्लिम समुदायको जनसंख्या रहेको छ भने उप–महानगर क्षेत्रमा ३ वटा मस्जिद तथा मदरसाहरु (धार्मिक विद्यालय) संचालनमा रहेका छन् । ४० फुट खुल्ला खाली ठाँउ कायम गर्न गराउन बुटवल मुस्लिम संघर्ष समितिको समेत गठन भएको स्थानीयहरुले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top