आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

बालमैत्री अभियानमा सरुमारानी एक कदम अगाडी


प्यार अलि खाँन
प्यूठान÷बालमैत्री अभियानमा प्यूठानका ९ स्थानीय–तह भन्दा एक कदम अगाडी सरुमारानी गाँउपालिका देखिएको छ । सरुमारानीले छोरी पेवा बचत कार्यक्रम तथा टुहुुरा बालबालिकाहरुलाई मासिक भत्ताको व्यवस्था गरेको छ । पालिकाले बालमैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएपछि यहाँका स्थानियहरुमा खुसी छाएको छ । छोरीहरुको प्रोत्साहनका लागि पालिकाले ६ वटै वडामा जन्मिने प्रत्येक छोरीहरुको नाममा सहकारीमा खाता खोलीदिने गरेको छ ।
आ.व २०७५÷०७६ को साउन देखि जन्मिने छोरीको लागि छोरी पेवा बचत कार्यक्रम लागु गरिएको गाँउसरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए । छोरीमाथि हुने विभेदलाई अन्त्य गरि उनिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने उद्धेश्यका साथ कार्यक्रम लागु गरिएको विश्वर्माले बताए । अहिले पनि समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नभएकोले गलत र विभेदपूर्ण मानसिकतालाई चिर्न र छोरीप्रति सम्मान र गर्भ बढाउनका लागि गाँउपालिकाले यो योजना अगाडी सारेको हो ।
‘समाजमा छोरीलाई हेरिने नजर विभेदपूर्ण छ ।’ गाँउसरकार प्रमुख विश्वकर्माले भने, ‘छोरीको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा टेवा पु¥याउने उद्धेश्यका साथ कार्यक्रम ल्याएका हौँ ।’ कार्यक्रमले छोरीमाथि हुने लैगिंक हिंसा न्यूनिकरण गर्नमा समेत भूमिका खेल्ने विश्वकर्माले विश्वास व्यक्त गरे ।
गाँउपालिकाले चालु आ.व.मा कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । छोरीहरुको खातामा मासिक दुई सय रुपैयाँ जम्मा गरिदिने नीति रहेको वलीले बताए । पालिका भित्र रहेका २ वटा सहकारी संस्थाहरुबाट छोरीको नाममा रकम बचत गरिदिन सुरु गरेको गाँउपालिका उपाध्यक्ष मिनाकुमारी सोमैले बताईन । ‘नयाँ सोँचका साथ कार्यक्रम ल्याएका छौँ ।’ उपाध्यक्ष सोमैले भनिन् , ‘यस आ.व.मा रकम बढाईएको छ ।’ छोरी पेवा बचत कार्यक्रम संचालनका लागि तयार पारिएको कार्यविधिले २० वर्षे अवधारणा अघि सारिएको उपाध्यक्ष सोमैले बताईन । ‘१० वर्ष सम्म गाँउपालिकाले छोरीहरुको बचत खातामा रकम जम्मा गरिदिन्छ ।’ गाँउसरकार उप–प्रमुख सोमैले भनिन् , ‘वाँकी १० वर्ष सम्म अभिभावक आफैले रकम जम्मा गर्नेछन् ।’ विचको समयमा केही समस्या तथा अफ्ट्याराहरु आईपरे बचत खाताबाट रकम निकाल्न सकिने व्यवस्था मिलाइएको सोमै बताउँछिन् ।
छोरी जन्मिएपछि जन्मदर्ता र वडाको सिफारीसमा बड्डाडा स्थित ऐरावती बहुउद्धेश्यीय सानाकिसान सहकारी र बांगेसालमा अवस्थित सानाकिसान कृषि सरकारी संस्थामा रकम जम्मा गर्न सकिने छ । छोरीको सम्मान, संरक्षण र सम्पत्ति माथिको अधिकारका लागि छोरी जन्मिने बित्तिकै खाता खोलीदिने गरेको गाँउपालिकाले जनाएको छ ।
अहिले शिक्षित भनिएका अभिभावकहरुमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना र व्यवहारमा पाउन मुस्किल भएकाले गाँउपालिकाको कदम अरु स्थानीय तहले सिको गर्ने लायक रहेको जिल्ला बाल संजालका अध्यक्ष प्रेम बहादुर विश्वकर्माले बताए । अभियान प्रभावकारी बनाउन सके सरुमारानी साँच्चीकै छोरीमैत्री गाँउपालिका बन्ने जिल्ला बाल संजाल अध्यक्ष विश्वर्माले विश्वास व्यक्त गरे ।
यसै विच गाँउपालिकाले आ.व २०७६÷०७७ मा संरक्षकविहिन टुहुरा बालबालिकाको संरक्षणका लागि मासिक एक हजार भत्ताको व्यवस्था मिलाउने भएको छ । कार्यविधि तयार गरि प्रभावकारी कार्यान्वयन गरिने गाँउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले बताए । अनाथ, असाय र अति बिपन्न बालबालिकालाई शिक्षाको पहुँचबाट टाढा हुन नदिन पठनपाठनको व्यवस्था मिलाउन कार्यक्रम फलदायी हुने गाँउपालिकाले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top