
सागर रिजाल
तुल्सीपुर,१४ असार ।
नेपाल सरकारले हरेक असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको छ । सोही दिवसलाई सफल पार्नको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एक विज्ञप्ती जारी गरेर देश भरका पार्टी कार्यकर्ता, जनवर्गिय संगठनहरु र आम शुभचिन्तकलाई यस अभियानलाई सार्थक र सफल बनाउन आवहन गरेको हो ।
सोही क्रममा शनिवार तुल्सीपुर पार्टी कार्यालयमा अखिल नेपाल किसान महासंघका केन्द्रिय कार्यालय सदस्य शेसुराम भण्डारीको नेतृत्वमा किसान महासंघ ५ नंम्बर प्रदेश संयोजक बुद्धबहादुर बस्नेत , नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) तुल्सीपुर नगर कमिटीका अध्यक्ष खुसीराम चौधरी, किसान महासंघ दाङका जिल्ला संयोजक भिमबहादुर ओली, तुल्सीपुर खानेपानी समितिका अध्यक्ष खेमराज ओली, उद्योग वाणिज्य संघ तुल्सीपुरका उपाध्यक्ष मिनराज भण्डारी, नीजि वन महासंघ केन्द्रिय सदस्य मेघराज भुसाल ,नीजि वनका जिल्ला अध्यक्ष पदम केसी, तुल्सीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली ( माईकल) लगाएतका नेता कार्याकर्ताको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
पार्टी कार्यालय वरिपरि कमला, कागती, रक्तचन्दन, धुपीसल्ला, सफेदा लगाएतका विरुवाहरु रोपिएको किसान महासंघ ५ नंम्बर प्रदेश संयोजक बुद्धबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !