आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा संकास्पद वस्तु फेला


सागर रिजाल
प्युठान, १० असार ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले गरेको बन्दको समयमा प्युठान नगरपालिका ४ जुम्री बसपार्कमा संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । होटल डाइमोन्ड अगाडि गिर्नेड आकर को पत्रीका लगाइ बाहिरी साइट मा घडी राखी तार ले बेरेर राखिएको अवस्थामा भेटिएको हो ।
साथै खतरा को इन्टु लगाइ राखेको हुनाले सकास्पद बस्तु रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए । उनले भने,–‘संकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारीमा छौँ । ’ बन्दको समयमा जिल्लामा सुरक्षा अवस्था कडा पारिएको उनले बताए । संकास्पद बस्तु कहि कसैले देखेमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
नेकपा विप्लब ले आह्वान गरेको नेपाल बन्दको कारण प्युठान लगाएत ५ नंम्बर प्रदेशका १२ जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ । बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेका छन ।
असार ५ गते पार्टीको काम सकेर फर्कने क्रममा पौडेललाई प्रहरीले सर्लाहीको लालबन्दी १ लखन्ती स्थित खोलामा नियन्त्रण्मा लिएर रहस्यमय तरिकाले हत्या गरेको आरोप लगाउदै विप्लपले बन्दको आवहन गरेको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top