आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

म्याद गुज्रीएका औषधी विकटका स्वास्थ्य चौकीमा


प्यार अलि खाँन
प्यूठान÷ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानबाट मातहतका स्वास्थ्य चौकीहरुमा म्याद गुज्रिएका औषधीहरु पठाईएको पाईएको छ । विकट क्षेत्र मानिने नौबहिनि गाँउपालिका वडा नं. ८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरी महिलाको रक्तस्राव रोक्न महत्वपूर्ण मानिएको अक्सोटोसिन इन्जेक्सन म्याद गुज्रीसकेको अवस्थामा आफुहरुले पाएको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए । ‘३० एम.पुल सुई एक्सपाएर भएको थियो ।’ शाहले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधीहरु पालिकामा १ महिना स्टोर भएछ ।’ समयमै पालिकाले औषधी नपठाउँदा औषधीको म्याद कट्न गएको शाहले बताए । ‘अक्सोटोसिन हामीसंग स्टक पनि थियो ।’ शाहले भने, ‘अत्यावस्यक औषधीहरु आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गर्ने गरेका छौँ ।’


उता स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले यस चालु आवमा कार्यालयले औषधीहरु खरिद नगरेको बताएका छन् । प्रदेस तथा केन्द्रबाट औषधीहरु आउने गरेको र आफुहरुले सिधै स्थानीय तहहरुमा औषधी पठाउने गरेको सुवेदीले बताए । ‘स्वास्थ्य चौकीहरुको माग वमोजिम औषधीहरु पठाउँछौ ।’ सुवेदीले भने, ‘स्थानीय तहमा गएका औषधीहरुलाई मातहतका स्वास्थ्य चौकीहरुमा वितरण गर्न पालिकाहरुले नै ढुवानी गर्ने व्यवस्था छ ।’ समयमै ढुवानी नहुँदा औषधीहरुको म्याद सकिने अवस्था आउने सुवेदीको बुझाई छ । ‘पालिकाहरुले पनि लापरवाही गर्न भएन, समयमै औषधी पठाउन प¥यो ।’ सुवेदीले थपे ।
स्वास्थ्य संस्थाहरुमा पछिल्लो समय केही संघसंस्थाले अनुगमन गर्दा स्वास्थ्य कार्यालयसंग समन्वय नगरेको सुवेदी बताउँछन् । ‘अनुगमन आफै गर्नुहुन्छ तर प्रतिवेदन हामीलाई आउँदैन ।’ स्वास्थ्य प्रमुख सुवेदीले भने ‘ के अनुगमनको विवरण सामाजिक संजालमा हालेर पुग्ने हो ?’ कम्तिमा १८ महिना म्याद भएको औषधीहरु खरिद गर्ने कानुनी व्यवस्था रहेको उनले बताए ।
२०७५÷०७६ मा संघिय सरकारको सशर्त अनुदानबाट सोझै स्थानीय सरकारमा औषधी खरिदका लागि बजेट आउने र अपुग बजेट वित्तिय समानिकरण मार्फत पालिका तथा नगरपालिकाहरुले छुट्टाउने गरेका छन् । स्वास्थ्य सेवा विभाग र प्रादेशीक मेडिकल स्टोर मार्फत स्वास्थ्य कार्यालयलाई औषधीहरु आउने गरेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
निशुल्क अत्यावस्यक औषधी व्यवस्थापन अन्तर्गत अस्पताललाई ७० थरि, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८ थरि, स्वास्थ्य चौकीमा ३५ थरि तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरिका औषधीहरु निशुल्क रुपमा पाईन्छ । यी बाहेक जनस्वास्थ्य गतिविधिका संम्पूर्ण औषधीहरु निशुल्क हुने स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ । आधारभुत स्वास्थ्य जनताको मौलिक हकसंग जोडिएकाले औषधीको चुस्त व्यवस्थापनमा संघ, प्रदेस र स्थानीय सरकारविच प्रभावकारी समन्वय हुन जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top