
सागर रिजाल
प्युठान,२३ जेठ ।
विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट नामाकरण गरिएको सञ्जय पण्डीत मार्गको शिलन्यास गरिएको छ । प्युठान नगरपालिका ७ टिकुरी प्रतिक्षालय देखी टिकुरी वसपार्क हुँदै बाग्दुला पुग्ने सड्कको विहिवार प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले शिलन्यास गर्नुभएको हो । सड्कको शिलन्यास गर्दै नगरप्रमुख कक्षपतिले स्वर्गीय पण्डीतको सम्मानका लागि सड्कको नामाकरण गरेको बताउनुभयो । धेरै लामो विवाद पछि सड्कको कामले निरन्तरता पाएको छ उहाँले भन्नुभयो,–‘यसको निमार्णका लागि सबैको सहयोग हुनुपर्छ । ’ विश्व कृतिमानी राख्न सफल पण्डीतको स्मृतिमा मार्ग निमार्ण गरिएको बताउदै उहाँले नेपाल सरकारसंग पण्डीतको स्मृतिमा पार्क, प्रतिक्षालयको प्रस्ताव राखेको बताउनुभयो । त्यस्तै निमार्णाधिन वसपार्क छिटै सञ्चालन गरिने नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
सञ्जय पण्डीत मार्गका लागि शहरी तथा भवन डिभीजक कार्यलय र प्युठान नगरपालिकाबाट २ करोड ५३ लाख ४६ हजार ६ सय १७ रुपिँया विनियोजन गरिएकोे डिभिजन कार्यालय प्रमुख परिक्षीत कड्रियाले जानकारी दिनुभयो । हाँललाई नौ सय ५४ मिटर सड्क कालोपत्रे संगै नाला खन्ने उहाँले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,–‘सड्क नौ मिटरको रहनेछ । ’ काम केहि समय ढिलो शुरु भएकाले मंसिरसम्म काम सकाउन उहाँले निमार्ण कम्पनीलाई आग्रह समेत गर्नुभयो । सड्क निमार्णका लागि जलजला जेवी आशु निमार्ण सेवाले जिम्मा लिएको छ ।
पण्डितको संसारको ७ ओटा अग्ला हिमाल मध्य अमेरिका स्थित अलस्का हिमाल चढ्ने क्रममा २०७४ असार २ गते २९ बर्षको उमेरमा निधन भएको थियो ।
कमेन्ट गर्नुहोस !