आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्यूठानमा नेकपा जुरुक्क उठ्दै, सपथ तथा बैचारिक प्रशिक्षणसंगै कार्यकर्तामा उत्साह


प्यार अलि खाँन
नेपाल कम्युनिष्ट पार्टी प्यूठानले पार्टी गतिविधिलाई तिब्रता दिने भएको छ । पार्टी एकिकरण पछि पार्टी काम केही सुस्ताएको थियो । नेकपाका केन्द्रिय सचिवालय सदस्य एंव पूर्व उप–प्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेकपा जिल्ला कमिटि प्यूठानलाई सपथ खुवाए संगै पार्टीमा नयाँ उर्जा तथा उत्साह थपिएको नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले बताए । ‘काम गर्ने फिल्ड खाली थियो ।’ अध्यक्ष शर्माले भने, ‘अब सिंगो पार्टी कार्ययोजना बनाएर अभियानमा होमिनेछ ।’ पार्टीमा नाताबाद हाबी भएको पछिल्लो टिकाटिप्पणीमा कुनै सत्यता नभएको उनले दाबी गरे । पार्टी एकतालाई कमजोर बनाउन केही सानो झुण्डले अफवा फैलाउने कोसीस गरेको शर्माको भनाई छ । ‘पूर्वाग्रही सोँच र कसैबाट प्रेरित भएर पार्टी हित विरुद्ध भा्रमक कपोकल्पीत समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ अध्यक्ष शर्माले भने, ‘पार्टीकै मान्छे हुने अनि पार्टीलाई नै असहयोग गर्नेमाथि छानविन हुन्छ, र आवस्यक कारवाही पनि ।’ केही जिम्मेवार कमरेडहरु छुटेको र क्रियासिलताका आधारमा सबैलाई पार्टी काममा जिम्मेवारी दिईने अध्यक्ष शर्माले बताए । प्रदेशमा २२ र केन्द्रमा ३५ वटा विभाग रहेकाले खाली तथा छुटेका सक्रिय साथीहरुलाई प्रदेस संग समन्वय गरि जिल्ला कमिति मार्फत सिफारिस गरिने शर्माको भनाई छ ।


सरकारले पेश गरेको बजेट कार्यान्वयनमा पार्टी एकढिक्का भएर लाग्ने जिल्ला कमिटि सदस्य नमराज अधिकारी (रोशन) ले बताए । ‘जुन कुनै लडाईमा जितिने मात्र हाईन हारिने लडाई पनि लडिन्छ ।’ अधिकारीले भने, ‘पद प्रतिष्ठाका लागि होईन, जनताको समृद्धि पहिलो एजेण्डा बन्नुपर्दछ ।’ क्षमताका आधारमा निश्चित् विधि प्रक्रिया पुरा गरेर पार्टीको जिम्मेवारी दिईनुपर्ने अधिकारीको भनाई छ ।
लोकप्रिय बजेटलाई जनतामाझ प्रचार–प्रसार गर्ने दायित्व पार्टीमाझ आएको नेकपा प्रदेस कमिटि सदस्य विजयविराज विष्टले बताए । ‘समाजवाद उन्मुख जनताको जनवाद पार्टीको कार्यक्रम हो ।’ युवा नेता विष्टले भने, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न सरकार तथा पार्टी जनतामाझ संगसंगै जाने कार्ययोजना बन्नुपर्दछ ।’ सपथ र बैचारिक प्रशिक्षणले पार्टी कार्यकतामा नयाँ उर्जा थपिएको विष्टको भनाई छ ।
‘माहोल राम्रोे बनेको छ ।’ नेकपा ऐरावती संगठन कमिटिका अध्यक्ष एंव गाँउपालिकाका उपाध्यक्ष समेत रहेका बुद्ध बस्नेतले भने, ‘अब बस्ने पार्टी वैठकले जिल्ला कार्यालय सदस्य, सचिवालय कमिटि र विभिन्न विभागको टुंगो लगाउने छ ।’ सपथ तथा बैचारिक प्रशिक्षणले पार्टीमा खुलस्त र नयाँ उमंग जागृत भएको बस्नेतको बुझाई छ ।
अब बन्ने पार्टीका विभिन्न कमिटिहरुमा पार्टी मेरुदण्डका रुपमा र युवा तथा विधार्थीका मोर्चाहरुमा काम गरेका सक्रिय जुझारु साथीहरुलाई समेटेर कमिटिको निमार्ण हुनुपर्नेमा नेकपाका जिल्ला कमिटि सदस्य एंव अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुमनराज श्रेष्ठले जोड दिए । ‘आन्दोलनको अग्रभागमा सदैव युवा तथा विधार्थी हुनेहुँदा उपयुक्त जिम्मेवारीमा पार्टी नेतृत्वले ध्यान दिन पर्दछ ।’ श्रेष्ठले भने, ‘भुगोल, र कार्यक्षमतालाई मुख्यरुपमा मापदण्ड बनाईनुपर्दछ ।’ आफ्ना काखापाखा नभएर को लोकप्रिय छ जनताको नजरमा? को सक्रिय छ पार्टी काममा? यी नजीरमा स्थापीत रहेर पार्टी कमिटिको गठनमा जोड दिनुपर्ने श्रेष्ठले बताए ।

केन्द्रिय सचिवालय सदस्य गौतम संगै नेकपाका स्थायी कमिटि सदस्य मणी थापा, केन्द्रिय सदस्य एंव प्रदेस अध्यक्ष पूर्व सभामुख ओनसरी घर्तिमगर, केन्द्रिय सदस्य जग प्रसाद शर्मा (अपार) यसैगरि कन्द्रिय सदस्य एंव प्रदेस साँसद कृष्णधोज खड्काले नेकपा जिल्ला कमिटिलाई पार्टी गतिविधिबारे बैचारिक प्रशिक्षण दिएका थिए । सपथग्रहण तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पूर्व सभासद नारायण अधिकारी तथा संविधान सभा सदस्य धनबहादुर रायमाझीको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top