
सागर रिजाल
प्युठान,१९ जेठ ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषि प्रसार, अनुसन्धान, किसानहरुसंगको सम्वन्ध र समस्यावारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार र आईतबार गरि दुई दिन सम्म कार्यक्रम सञ्चालन भएको हो । अन्र्तक्रिया कार्यक्रमको किसान आयोगका अध्यक्ष माननिय चित्रबहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन पछिको कार्यक्रममा बोल्दै श्रेष्ठले किसान देशका धुरी खाबा भएको बताए । देशलाई चलाउन किसानको महत्वपूर्ण भूमिका हुन्छ , उनले भने,–‘किसानको प्रगति, उन्नतीका लागि आयोग सकारात्मकता साथ अगाडी वढेको छ । ’ पछिल्लो समय किसानका समस्याहरु धेरै उठेकोले समस्या समाधान गर्न गहन अध्ययन गरेको उनले बताए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य मणी थापाले कृषिमा आधुनिकीकरण भए देश समृद्ध हुने बताएका छन् । उनले देशको मुख्य आधार कृषि भएको बताए । कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण गरेर अगाडी वढनुपर्छ, उनले भने,–‘बल्ल कृषक आत्मनिर्भर बन्न सक्छन् । ’
किसानको बारीमा प्रविधि देखिनु प¥यो तब मात्र विशेषज्ञहरुको क्षमता प्रसार भएको मानिने उनले बताए । सरकारको यो वर्ष आधार वर्षको रुपमा रहेको छ , उनले भने,–‘ आधार वर्षमा टेकेर समृद्धिको चरण शुरु भएको छ ।’ स्थानीय बजारले मात्र देश समृद्ध हुन सक्दैन अन्तराष्ट्रिय बजारमा पहुँच पु¥याउन गुणस्तरमा ध्यान दिनु पर्ने विषय उनले बताएका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका उपाध्यक्ष एंव किसान महासंघ क्रान्तिकारी ५ नंम्बर प्रदेश कमिटी अध्यक्ष बुद्धबहादुर बस्नेतले राष्ट्रिय किसान आयोग सम्पूर्ण नेपाली किसानहरुको प्रतिनिधिमुलक न्यायक संस्था भएको बताएका छन् । आयोगले समग्र किसानहरुको समस्यालाई केन्द्रित गरेर राज्यको नीति निमार्णको तहसम्म पुर्याउन कोसिन गर्दछ त्यसैले यो आयोग हामी किसानहरुका लागि ज्यादै महत्वपूर्ण रहेको बताए । आयोग सजिलै गठन भएको हैन, उनले भने,–‘विभिन्न किसानका संघ,संघठनहरुले सरकारसंग लामो समयसम्म गरेको सघर्षको स्वरुप यो आयोग गठन भएको हो ।’ तसर्थ यसको महत्वलाई सबैले ग्रहणगर्न आग्रह गरे । अबका दिनमा यो आयोग यत्तिकैमा सिमित हुनुहुदैन यसलाई संवैधानिक आयोगको रुपमा विकास गराएर आफुले देखे भोगेका समस्यालाई निर्णयार्थ कार्यान्वयनको थलो बनाउन सक्नुपर्दछ ।
राष्ट्रिय किसान आयोगका सदस्य भानुभक्त सिग्देलले सरकारले तयार गरेको २० वर्षे कृषि रणनीति आयोगको पहल कदमिमा किसानका अधिकारहरु सम्बोधन गर्न सफल भएको बताएका छन । कार्यक्रममा राष्ट्रिय किसान आयोगका विज्ञ सदस्य उदयचन्द्र ठाकुरले आयोगले गरेका गतिविधि, कृषि अनुसन्धान परिषद ९नार्क० का कार्यकारी निर्देशक रामचन्द्र अधिकारी हाल सम्मका अनुसन्धान र यसका उपलव्धी, नेपाल जलवायू परिवर्तन महासका केन्द्रिय अध्यक्ष राम कुमार ढुंगानाले जलवायू परिवर्तनले वातावरणमा पारेको र पार्न सक्ने प्रभावका बारेमा,राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर रिजालले पशुपंक्षी पालनका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
शनिवार र आईतबार गरि २ दिनसम्म भएको कार्यक्रममा ५ नंम्बर प्रदेशका १२ जिल्लाका किसानहरुको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !