आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

जनपक्षिय बजेट कार्यान्वयन हुन्छ ः नेता गौतम


सागर रिजाल
प्युठान,१७ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारले घोषणा गरेको जनपक्षिय बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । शुक्रबार प्रेस संगठन नेपालको आयोजना भएको पत्रकार सम्मेलनमा गौतमले अगिल्ला वर्षमा बजेट विनियोजित गरिएपनि कार्यान्वयनमा समस्या भएपनि यस आर्थिक वर्षमा समस्या नपर्ने बताए । अगिल्ला वर्षहरुमा सिस्टम, ऐन कानुनको समस्या थियो,उनले भने,–‘नेकपाको सरकारले यी समस्या हल गरिसकेको छ । ’ बजेटको कार्यान्वयनका लागि सार्वजनिक खरिद ऐनले समस्या बनाएको थियो, उनले भने,–‘अब यो पनि सुध्रन्छ । ’ सरकारले आर्थिक वर्ष ०७६÷०७७ का लागि झण्डै १६ खर्ब बजेट प्रस्तुत गरेको छ ।
नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गर्नमा सबैले सहयोग गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरकारले ५ वर्षभित्र आफ्ना कार्यक्रम सिस्टम अनुसार अगाडी वढाउने उनले बताए ।
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन गर्नुपर्नेमा जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । सिष्टममा केहि अफ्ठेरो भएको छ, उनले भने,–‘यसको कार्यान्वयनमा जोड दिन्छौ । ’
चाल्नेटार र नौमुरे बन्छन
गृहजिल्ला प्युठान भएका गौतमले आफु गृहमन्त्री हुँदा उठाएको चाल्नेटार विमानस्थल र नौमुरे जलविद्युत आयोजना निर्माण कार्य अगाडी वढने बताए । विमानस्थल बनाउनका लागि नगरपालिका , वडा संग समन्वय भई बजेटमा समावेश भएको उनले बताए । उनले भने,–‘यी योजना कामको प्रक्रियामा छन्, आगामी ५ वर्ष भित्रमा बन्छन् । ’
नेता गौतमले मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको बताए । नेता गौतम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्य समितिका सदस्यहरुलाई सपथ खुवाउन प्युठान आएका हुन् ।

नेकपा जिल्ला कार्यसमितिको सपथ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समितिलाई शुक्रवार एक कार्यक्रमका बिच सपथ खुवाउने कार्यक्रम भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्य बामदेव गौतमले संगठन समितिका एक सय ३६ जना सदस्यलाई सपथ खुवाउनुभएको हो । सपथ खुवाउदै सचिवालय सदस्य गौतमले लामो संघर्ष पछि बनेको नेकपाको सरकारलाई एकवद्ध भएर अगाडी वढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,–‘कम्युनिष्ट पार्टीका सदस्यहरु सिद्धान्तमा टेकेर संगठन निमार्णमा लाग्नुहोस । ’


पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले पार्टी एकता जोगाउन जे त्याग गर्न परे पनि आफु तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्युठान संगठन कमिटिका साथीहरुपनि एकता जोगाउन लाग्नुहोस । ’ जिल्लामा कमिटीमा रहेका सम्पूर्ण सदस्यहरुले आफ्नो पाई,भेग अनुसार संगठन फैलाउन उहाँले आग्रह समेत गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीले लिएको नारालाई ध्यान दिएर अगाडी वढन समेत उहाँले आग्रह गर्नुभएको थियो ।
शुक्रवार गरिएको भेलाबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को समितिले सार्थकता पाएको जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्माले बताउनुभयो । आजदेखी पार्टीसदस्य एकभएका छौँ, उहाँले भन्नुभयो,–‘पार्टीलाई मजबुत बनाएर अगाडी वढनुपर्छ । ’राज्यले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन सबै सदस्यको साथ हुनुपर्ने उहाँले बताउनुभयो । संगठन कमिटीले आफ्ना आफ्ना ठाउँमा कार्यविभाजन गरेर अगाडी वढने योजना बनाएको समेत अध्यक्ष शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top