
सागर रिजाल
प्युठान,१६ जेठ ।
प्युठानमा विहिवार परेको वर्षासंगै आएको वाढीले एकजना महिलालाई बगाएको छ । वाढीले बगाएकी महिलाको प्युठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै झिमरुक खोला किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए । अन्दाजी ३४÷३५ वर्षकी महिला को ठेगाना नखुलेको उनले बताए , उनले भने,–‘यस विषयमा जाहेरी भएको छ , केहि समयमा पत्ता लाग्नेछ । ’
प्युठानका विहिवार दिउसोदेखी परेको वर्षाले जिल्लाका फोप्ली, माझकोट, जुम्रीकाडा लगाएतका क्षेत्रमा अन्नवाली समेत नोक्सान गरेको छ ।
कमेन्ट गर्नुहोस !