
१५ जेठ
प्यूठान । जिल्ला अस्पताल बिजुवारका डेन्टल सर्जन अस्मीता कोजुले स्वाथ्य जाच गर्न आएका बिरामीलाइ हप्काउदै विरामी जाच नगर्ने बताएकी छिन । अनेरा स्ववीयुका केन्द्रीय सदस्य बिनोद भण्डारीलाइ ओपिडी कक्षमै हप्कायर आफुले बिरामी जाच नगर्नै बताएकी हुन । बिरामी किन जाच नगर्ने ? भनेर बिरामी भण्डारी र अन्य बिरामिहरुले सोध्दा प्यूठान जिल्ला अस्पतालको दन्त सेवाको बिरामी हेर्ने क्षमता दैनिक १५ जना भएको र सो भन्दा बढि आफुले नहेर्ने बताइन ।
उनले बिरामीलाइ हप्काउदै भनीन “तपाइले बिरामी जाँच गर्ने सामान ल्याएर आउनुस सामान सकिएको छ अनी म हेर्दिन्छु बिरामी म जाच गर्देन ” गर्मी मौषममा टाढा टाढाबाट आएका बिरामीहरु घण्टौंसम्म लाइनमा बसेर अब पालो आउला र उपचार गरौला भनेर बसेका बिरामीहरु डाक्टरको यो कुरा सुनेपछि बिरामीहरु उस्तै समस्या लियर बिरामी जाँच्ने पर्चि हातमा राखी घर फर्केका छन । जिल्ला अस्पतालमा पुगेको बिरामीलाइ पहिलो पटक ५ दिन अघि चेक जाँच गरी एन्टीबाइटिक औषधि चलायर ५ दिन पछि फलोअपमा आउनु एक्स रे गर्ने भनेर पठाएको बिरामी नियमित फलोअपमा आउदा सामान सकियो सामान ल्याइदिएपछि उपचार गर्छु नाइभने गर्दिन भोली आउनु भन्दै अभद्र शैलीमा डाक्टरको जवाफ आयो । “म जत्तीको सचेत नागरिकलाइ यस्तो ब्यबहार हुन्छ भने अन्य दुरदराजका बोल्न नसक्ने सर्बसाधारण नागरीकलाइ कस्तो ब्यबहार गर्लान यि डाक्टरले” भन्दै चिन्ता ब्यक्त गर्दै डाक्टर र अस्पताल प्रशासनसंग बिरामी भण्डारीले आक्रोश ब्यक्त गरे उनले भने ओपिडि टिकट लिइ बसेका बिरामीहरुलाइ डाक्टरले हेर्नुपर्छ , कि त नसक्ने भय रेफर गर्नुपर्छ विरामीहरुको भनाइ थियो ।
किन जाँच गरेनन त बिरामी डाक्टरले ?
मंगलबार दिउसो जिल्ला अस्पतालमा बिरामीको भिड थियो , टिकट काटने र रसीद काटने बिरामीहरुको पनि लाइन थियो अन्य सेवामा जस्तै दन्त सेवामा पनी बिरामीहरु लाइनमा थिए दन्तसेवामा कार्यरत सिस्टरले नाम पालैपालो बोलाइरहेकि थिइन त्यत्तीकैमा दन्त सर्जन डाक्टर अस्मीता कोजुले बिरामीलाइ भनिन सामान सकियो अब जाच गर्देन, अब भोलि आउनु भनीन , अनि बिरामीहरुले एक आपसमा यो त अस्पतालको कमजोडी हो भन्दै कुरा गर्न थाले किन सममान सकियो ? उपचार त पाउन पर्याै भन्दा डाक्टरको जवाफमा तपाइले भनेर हुन्छ ? सामान आफै ल्याएर आउनुस अनी म उपचार गर्छु भन्दै बिरामीहरुलाइ हप्काएको समेत भण्डारीले बताए । जिल्ला अस्पतालका प्रमुख डा सेषराज घिमिरेले गल्ती ढाकछोप गर्दे , जिल्ला अस्पतालमा जनशक्तिको कमिले गर्द सेवा दिन नसकेको भन्दै डाक्टर कोजुले बिरामी प्रति गरेको ब्यबहार प्रती स्पस्ट रुपमा केहि बोल्न चाहेनन । घिमिरेले यसरी जिल्ला अस्पताल प्यूठानको बिषयमा कहिले औषधि प्रकरण , कहिले ल्याबको गुणस्तरको प्रकरण, कहिले डाक्टरले बिरामी संग झगडा खेल्ने जस्ता प्रकरणले जिल्लाको सरकारी अस्पताल बिरामीले सहज रुपममा कसरी सेवा पाउछन ? विरामीहरुको प्रश्न थियो । सेवाग्राही भण्डारीका अनुसार –उता डाक्टर घिमिरेले सामान स्टोरमा भएको तर खिया लाग्छ भनेर प्रयोगमा नल्याएको हो । अस्पताल प्रशासनले आम सर्बसाधारण मैत्री गराउनुको साटो मुख दर्शक भएर बसेको विरामीहरुले आरोप लगाएका छन् ।
यो समाचार केशब शर्माको सहयोगमा तयार गरिएको हो ।
कमेन्ट गर्नुहोस !