आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

वढेचौरमा आगलागी , तीन घर गोठ जले


सागर रिजाल
प्युठान,१४ जेठ ।
माण्डवी गाउँपालिका वडा नंम्बर १ वढेचौरमा आगलागी हुदाँ तीन घर र तीन गोठ जलेका छन् । सोमबार दिउसो १२ ः ३० बजेको समयमा आगलागी हुँदा वढेचौरका चित्र बहादुर हौजालीको घर गोठ , दलिदेवी हौजाली घर गोठ ,थमन हौजालीको घर र देवका हौजालीको गोठ चलेको छ । विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । आगलागीले घरमा भएको अन्नबाली, पैसा, सुन लत्ता कपडा जलेर नष्ट भएको स्थानियले बताएका छन् । आगलागीबाट १३ लाख भन्दा वढी क्षती भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिनुभयो । दमकल र स्थानियको सक्रियता आगो नियन्त्रणमा आएको हो ।
पिडीतलाई राहत


आगलागी भए लगत्तै पिडीतलाई राहत प्रदान गरिएको छ । माण्डवी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठान र उद्योग वाणिज्य संघ प्युठानले पिडीतलाई राहत प्रदान गरेका हुन् ।
माण्डवी गाउँपालिकाले घरगोठ जलेकालाई नगद रु १५ हजार, घर मात्र जलेकोलाई रु १० हजार र गोठ जलेकोलाई रु ५ हजार प्रदान गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिले तीन घर परिवारलाई १०÷१० हजार प्रदान गरेको छ । त्यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानले कम्बल, त्रिपाल, भाडाकुडा, कपडा प्रदान गरेको छ । र उद्योग वाणिज्य संघ प्युठानले प्रति परिवारलाई दाल, चालम र तेल प्रदान गरेको पिडीत थमन हौजालीले जानकारी दिनुभयो ।
राहत प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले गर्मीयामको सिजनमा आगलागीका घट्ना वढी हुने बताउनुभयो । विपतका घट्नाहरु जुनसुकै समयमा पनि हुन सक्छन्, उहाँले भन्नुभयो,–‘सबै चनाखो भएर बस्नुहोला । ’ उहाँले आगलागी पिडीतलाई प्रदेश सरकारले जस्तापाता दिने कार्यक्रम अगाडी शारेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘पालिकाको सिफारिस लिएर आएमा प्रदेशबाट जस्तापाता पाईन्छ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top