शुक्रबार, साउन ८, २०८३ | Friday 24th July 2026

आमासंग जीवन माग्दै ८ वर्षे बालक ‘पैसा सकियो, उपचार रोकियो’


राधिका भुसाल
प्यूठान । सुरुमा सामान्य ज्वरो आए पछि अस्पताल पु¥याएका सरुमारानी २ रत्ने निवासी ८ वर्षे बालक गगन विष्ट अहिले मृत्युसंग लडिरहेका छन् । गाउँको सामान्य मेडिकल देखि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गराई निको नभए पछि थप उपचारको लागि लखनउ पु¥याएका बालक गगनले आमासंग आफ्नो जीवन माग्दै ‘मलाइ बचाउनु, मलाइ बचाउनु’ भन्ने शब्द मात्र निकाल्ने गरेको रुमा विष्टले बताइन् । तर, आर्थिक अभावका कारण जुटाको पैसा सकिएपछि उपचार पनि रोकिएको बताउछिन् ।

           पहिलेको फोटो
‘४ दिनसम्म लुम्बिनी अञ्चल अस्पतालमा राखेका थियो,–‘ गगनकी आमा रुमा विष्टले भनिन्–‘लखनउ ल्याएको पनि ३ महिना हुन थाल्यो, छोराले मसंग आफ्नो जीवन मागिरहेको छ, अस्पतालले पैसा ।’ आफ्नो घर सम्पति, आफन्तसंग ऋण धन मागेर सबै खर्च गरिसक्दा पनि छोराको उपचार सफल नभएको रुमाले बताइन् । ‘आफ्नै आँखा अगाडि छटपटाइ रहेको छोराको जीवन बचाउन नसक्ने हुकी भन्ने चिन्ता लागेको छ ।’ मुटु भक्कानो पार्दै रुमाले भनिन्–‘सम्पति सबै सकियो अब त केही उपाएनै छैन ।’ विस्टले आफ्नो छोराको जीवन बचाउन सबैसंग आग्रह समेत गरिन । डाक्टरका अनुसार, अबको अप्रसेन गर्न १५ दिन भित्र २ लाख जम्ममा गरिक्नु पर्ने बताउदै ३ वटा अप्रसेन सफल भइसकेको उनले बताइन ।  

                                      अहिलेको फोटो

सरुमारानी २ रत्ने निवासी बालक गगनको उपचारका लागि हालसम्म ५ लाख बढि खर्च भइसकेको उपचारमा संलग्न हिमन्ता गुरुङले बताइन । एपेन्डीस भएको भन्दै डाक्टरले ३ पटक पेटको अप्रेसन गरिसक्दा समेत स्वास्थ्यमा अझै सुधार नभएको गुरुङको भनाइ छ । परिवार पाल्नको लागि बालकका बुबा हिरा विस्ट यतिवेला बैदेशिक रोजगारका लागि साउदी गएका छन् । छोराका उपचारका लागि आफुले कमाएको जति र साथीभाइ संग ऋण मागेर अहिलेसम्म पैसा पठाएता पनि अब पठाउन नसक्ने स्थितीमा पुगेको कुराले यता परिवारका रुवाबासी चल्ने गरेको मामा पूण बहादुर बागबल मगरले बताए । आफुले कमाएको रकम समेत गगनको उपचारका लागि पठाएको उनले बताए ।

 पहिलेको फोटो२ सन्तान इश्वरका बरदान भने झैं रुमाको ११ वर्षिय छोरी र ८ वर्षे छोरा थिए । यति सानो परिवार पाल्नका लागि हिरा विष्ट विदेशीनु परेको पीडा एकतिर थियो त अर्को तिर आफ्नो छोरा जीवन र मृत्युको दोसाँझमा देख्दा आफ्नु भागमा खपिनसक्नुको पीडा भएको उनले व्यक्त गरिन् । मृत्युसंग लडिरहेको ८ वर्षे गगनको जीवन बचाइदिन सबैले आफ्नै छोरा सम्झि सहयोग गर्न आग्रह गरेकी छिन् । छोराको यसपछिको उपचारको लागि परिवारको केही सीप नलागेपछि सहयोग माग्न बाध्य भएको उनले बताइन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top