
राधिका भुसाल
प्यूठान । प्यूठान नगरपािलका ६ माझकोट लम्छ्याङ नेटामा शनिवार भएको निःशुल्क आँखा शिविरबाट १ सय ४५ जना आँखाका रोगीहरुले उपचार पाएका छन् । जस मध्ये २५ जना विरामीको मतिविन्दुको शल्यक्रिया गर्नु पर्ने र अन्यलाई औषधी, चश्मा दिएको सुजाता भण्डारीले बताइन् ।
जेष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ११ वर्ष उमेरको बालक देखि ८७ वर्षको बृद्धले समेत आखाँ जाँच गरेका छन् । शिविरमा बृद्धबृद्धालाई विशेष प्रथामिकता दिएर उपचार गरिएको छ । प्यूठान नगरपालिकाकै दुर्गम ठाउँ मानिने माझकोटमा गत आर्थिक वर्ष देखि आँखा शिविर सञ्चालन गर्न थालेका पछि त्यहाँका बृद्धबृद्धाहरुलाई धेरै राहत मिलेको ७६ वर्र्षीय छमीपुनले बताइन् । ‘गत वर्ष पनि यही शिविर आएको थियो अनि आँखा जाँच गरेकी थिए’–,पुनले भनिन्–‘एउटा आँखाको शल्यक्रिया समेत गरेकी थिए ।’ आफ्नो जीवनकालमा गत वर्ष पहिलो पटक आँखा जाँच गरेको बताइन् । आफ्नै अस्पताल सम्म पुगेर उपचार गर्दा धेरै खर्च हुने भएकाले आँखा अलिअलि समस्या देखिएपनि जाँच नगरेको बताउदैं शिविरले बृद्धबृद्धा राहत पुगेको बताइन ।
शारीरिक रुपमा कमजोर भएका आफुहरुले उपचार पाएपछि आँखा देख्न सक्ने कुरामा ढुक्क भएको ८१ वर्षे खगे सुनारले बताए ।
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) विजुवार प्युठानको आयोजना र प्यूठान नगरपालिका प्युठानको सहयोगमा निः शुल्क शिविर सञ्चालन भएको थियो । उक्त आखाँ उपचार केन्द्रका व्यवस्थापन समिति सदस्य केशव कार्यचार्यले विगत १२ वर्ष यता प्यूठान लगायत छिमेकी जिल्लाका आखाँका रोगीहरुलाई सेवा प्रदान गर्दै आएको बताए ।
दुर्गम बस्तीबाटै जनसेवा प्रदान गरेका छौं ः मेयर कक्षपति
प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले दुर्गमबस्ती बाटै जनसेवा प्रदान गर्दै आएको बताए । ‘पहिलो वर्ष देखि नै नगरपरिषद्ले ५ लाख बजेट विनियोजन गरी नगरपालिका भित्रका ६० वर्ष माथिका बृद्धबृद्धाको लागि आखाँ उपचार निः शुल्क गर्ने भएका छौं ।’ नगर प्रमुख कक्षपतिले भने–‘नागरिकता वा कुनै परिचय पत्र लिएर नरेन्द्र गायत्री आँखा अस्पतालमा जान आग्रह गरेका छौं र जेष्ठ नागरिकहरु जुन सुकै बेला अस्पताल पुगे पनि औषधी, चश्मा र शल्यक्रिया निशुल्क हुनेछ ।’ प्यूठान नगरपालिका भित्रका जनतालाई अन्धोहुन बाट बचाउ १० वटै वडाहरु निशुल्क आँखा शिविर सञ्चालन गरिए कक्षपतिले बताए । जुनसकै काम वा सेवा प्रदान गर्दा दुर्गक बस्तीहरुबाटै सुरुवात गर्ने बताउने नगर प्रमुखले आफुलाई जनताले विश्वास गरेर नेतृत्व दिएको हुंदा जनताको भावना अनुसार नै काम गर्दै आएको र भोलीका दिनमा पनि सोही अनुरुप अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच वर्ष भित्र प्यूठान नगरपालिका भित्रका जनतालाई विकास स्वाद चाख्नबाट बञ्चित नगराउने उनको भनाइ छ ।
स्वगिय नरेन्द्रराज श्रेष्ठको परिवारले २०६३ साल जग्गादान गरी ०६४ सालमै भवन उद्घाटन गरे पश्चात विजुवारमा आखाँ अस्पताल बनेको थियो । नरेन्द्र गायत्री आँखा अस्पतालमा वार्षेनी निशुल्क शिविर सञ्चालन गर्दै आएका र शल्यक्रिया गरेका विरामीहरुलाई खान बस्नको व्यवस्था पनि श्रेष्ठ परिवारले नै गर्ने गरेको हिमालय श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस !