
टीकाराम पोख्रेल
प्यूठान, शैक्षिक सत्र २०७६ सालको शैक्षिक सत्र शुरु भयो । नेपालमा सामुदायिक विद्यालयमा बिद्यालय भर्ना अभियान पनि सञ्चालन भयो ।‘हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई बिद्यालय पू¥याउ’ भन्ने नारा सहित देश ब्यापी रुपमा भर्ना अभियानले निकै चर्चा चल्यो । अभियानसंगै सरकारले सरकारी सेवा प्राप्त गरेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधी, शिक्षकसबैका बालिबालिका सामुदायिक विद्यालयमा नै पढ्नु पर्दछ भन्ने निर्णय अनुरुप माण्डवी गाउँपालिकाले पनि गाउँपालिकामा सोही निर्णय ग¥यो । गाउँपालिकाको निर्णय कार्यान्वयनको पहिलो खुड्कीला माण्डवी गाउँपालिकाका ५ तिघ्रामा रहेको बागिश्वरी माद्यामिक विद्यालय अर्थात गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाको गाउँबाट गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्यापन गर्दै आएकी एक शिक्षकलाई विद्यालयले अवकास दिएको छ । छोरा नीजि विद्यालयमा पढाएको भन्दै अवकास दिईएको हो । बागीश्वरी माद्यामिक विद्यालय माण्डवी गाउँपालिका ५ तिघ्रा रुद्रपुरमा अध्यापन गराउँदै आएकी गिता भट्टराईलाई आफ्ना छोरालाई निजी विद्यालयमा भर्ना गरेका कारण अवकास दिएको विद्यालयले जनाएको छ । माण्डवी गाउँकार्यपालिकाको बैठकबाट सरकारी सेवा सुविधा लिने सबैका वालवालिका सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरको छ । गाँउपालिकाको निर्णय अनुसार निजीे विद्यालयमा छोरा पढाउने शिक्षकलाई अवकास गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपाराम आचार्यले जानकारी दिए । शिक्षक भट्टराईलाई सके यसै विद्यालयमा नभए अरु कुनै सामुदायिक विद्यालयमा बच्चा भर्ना गर्न १५ दिनको मौखिक सूचना दिदा समेत सो बारे कार्यान्वयन नगरेकोले हटाउन बाद्य्य भएको अध्यक्ष आचार्यले बताए । बिद्यालयमा सरकारी दरबन्दीको कमीका कारण निजी श्रोतबाट शिक्षक भर्ना गरिएको थियो । स्थानीयहरुले आफुले सहयोग दिएको सुविधा खाने शिक्षकहरुका वालवालिका सामुदायिक विद्यालयमा पढाउनु पर्ने माग गर्दै आएको अध्यक्षको भनाई छ ।
२०७४ कात्र्तिक ११ गते देखि विद्यालयमा अद्यापन गराउदै आएकी माण्डवी गाउँपालिका ५ की निजी कोटाकी शिक्षक गिता भट्टराईले प्रधानाध्यापक सहित अन्य शिक्षकका छोराछोरी निजी विद्यालयमा पढाउने तर आफुलाई मात्रै निष्काषन गर्नु अन्याय भएको बताइन । ‘म छ हजार पाँच सयमा आधारभुत तहको नियुक्तीमा काम गरिरहेको थिए’ निष्काषित शिक्षक गिता भट्टराईले भनिन् ‘प्रधानाध्यापक लगायत अन्य शिक्षकका छोराछोरी पनि निजीमै पढ्छन् ।’ निजीबाट सामुदायिक विद्यालयमा ल्याउन बच्चाले नमानेका कारण निजीमै भर्ना गरिएको जानकारी दिइन । शिक्षक भट्टराईलाई अवकास पत्र नदिई बिद्यालयमा नयाँ शिक्षक भर्ना गरिएको छ ।
प्रधानाध्यापक भाग्यश्री के.सी.का छोरा दर्पण गिरीले कक्षा १ मा पव्लिक वोर्डिङ स्कुलमा पढछन । त्यसै गरी शिक्षक प्रमीला पन्थी, गोमा धिताल, पद्मा बि.सी, सहयोगी सावित्रा आचार्यका बालबालिकाले अझै सम्म निजी विद्यालयमा पढाउँदै आएका छन । तर विद्यालयका प्रधानाध्यापक भाग्यश्री के.सी.ले सरकारी सेवा सुविधा लिने गाँउपालिका भित्रकालाई मात्र लागु हुने गरी पालिकाले निर्णय गरेको बताइन ।
निश्कासन गरेको भन्दै शिक्षक गिता भट्टराईले नेपाल शिक्षक महासंघ जिल्ला समिति प्यूठानमा निवेदन दिएकी थिइन । निवेदन पश्चात महासंघले कुनै ब्यक्ती वा गाउँपालिका भित्रका लागि मात्रै नियम लागु हुनेगरी भनेर पालिकाले तोक्नु न्यायोचित नभएको अरोप लगाएको छ । ‘मौखिक अवकासले शिक्षकलाई विद्यालयमा पठनपाठनमा रोक लगाउने काम प्रति महासंघले खेद प्रकट गर्दछ ’जिल्ला समितिका अध्यक्ष शेर बहादुर थापा क्षेत्रीले भने ‘स्थानीय सरकारले नियम कानुन सबैलाई लागु हुने गरी गराओस यस प्रति ध्यानाकर्षण गराउदछौँ ।’ सम्पूर्ण शिक्षकहरुले बालबालिकाहरु सामुदायिक विद्यालयमै भर्ना गराउनु पर्दछ महासंघको मान्यता हो । निश्चित व्यक्तीलाई लक्षित गरी नीति नियम बनाउनु स्थानीय सरकारलाई शोभनीय हुँदैन । सामुदायिक शिक्षक भट्टराईलाई पठन पाठनमा रोक नलगाई नियमित अध्यापन गर्ने वातावरण मिलाउन बिद्यालयलाई अनुरोध गर्नु भएको छ । समयमै शिक्षकलाई अध्यापन गर्ने वातावरण नमिलाए सशक्त आन्दोलन गर्ने थापाको भनाई छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले निश्चित ब्यक्ती मात्रैका लागि नभई सामुदायिक विद्यालयकै हितको निम्ति यो निर्णय भएको बताए । ‘एक व्यक्तीका लागि नीति निर्माण भएको होइन’ अध्यक्ष रोकाले भने ‘निजी विद्यालयमा भर्ना गर्ने सबै शिक्षकसंग स्पष्टिकरण लिइरहेका छौँ।’ गाउँपालिकाले सवै सरकारी सेवा सुविधा खानेहरुलाई पनि अनुगमन सहित कार्यान्वयन प्रक्रिया अगाडि वढाएको छ ।सामुदायिक विद्यालय सुधारको निम्ति गाउँपालिकाको निर्णयलाई पूर्ण कार्यान्वयन गरिने रोकाको दावी छ ।
सामुदायिक विद्यालयमा भर्नासंगै विद्यालय सुधारको प्रयास पनि भइरहेको छ । सामुदायिक विद्यालयमा निशुल्क शिक्षाको लागि सबैक्षेत्रबाट सहयोगको अपेक्षा रहेको र सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय सरकार निरन्तर लागि परेको उनको भनाई छ ।
कमेन्ट गर्नुहोस !