आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्यूठान नगरको बैठक जुम्रीमा बस्यो


प्यार अलि खाँन
प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत रहेको प्यूठान नगर बजार क्षेत्रको नियमित बैठक तथा ईकाई पदाधिकारीहरको भेला जुम्रीमा बसेको छ । नगर बजार क्षेत्रले नगरपालिकाका १० वटै वडामा वडा ईकाइ समिति बनाएको थियो । वडाबाटै व्यवसायीहरुका समस्या बुझ्न सहज हुने र सबै व्यवसायीहरलाई गोलबन्द गर्ने उदेश्यले बजार ईकाइको परिकल्पना गरिएको नगर बजार क्षेत्रका अध्यक्ष मधुसुदन शर्माले बताए । हामी सबै व्यवसायीसंग जोडीन चाहान्छौँ । अध्यक्ष शर्माले भने, व्यवसायीहरका हक हित र समस्या पहिचान तथा समाधानमा ईकाइले महत्वपूर्ण भुमिका खेल्नेछ ।
वैठकमा बजार ईकाईका प्रतिनिधिहरुले रिटेल व्यापारको नाममा अनाधिकृत ढंगले ठूला व्यवसायीहरुले गाँउगाँउमा सामान बेच्न थाल्दा आफुहरुले भोग्नुपरेको समस्याकाबारेमा गुनासो गरेका थिए । उद्योग वाण्ज्यि संघले नीति बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीको विकास हुँदा उद्योग वाणिज्य संघप्रति व्यवसायीहरुको भरोसा तथा आर्कषण घट्दै गएको उनिहरुले बताएका थिए । भेलामा उपस्थित संघका महासचिव कृष्णभक्त गिरीले व्यवसायीहरुका गुनासा तथा समस्याहरुलाई सम्बोधन गर्ने गरि अहिलेको नेतृत्व लागिपर्ने विश्वास दिलाएका थिए ।
सनिवार बसेको बैठकले सनिबारे बजार बन्दलाई थप कडाई तथा व्यवस्थित गर्ने, नगरबजार क्षेत्रका साना तथा ठूला व्यवसायीहरुलाई करदाता शिक्षा दिन जिल्ला उद्योग वाणिज्य संघसंग अनुरोध गर्ने, बजार क्षेत्रको कार्यालय संचालन तथा व्यवस्थापनमा आर्थिक समस्या देखिएको भन्दै संघसमक्ष नविकरण वापत लिईँदै आएको रकमको ५० प्रतिशत बजार क्षेत्रमा रहनुपर्ने माग सहितको निर्णय गरेको बजार क्षेत्रका सचिव सुमन सुवेदीले जानकारी दिए ।
व्यापारमा विशिष्टिकरण गर्ने कार्यलाई सरोकारवाला पक्षविच समन्वय गरि अघि बढाउन जिल्ला उद्योग वाणिज्य संघलाई दबाब दिने र स्थानीय तथा व्यवसायिक कर बुझाउनेबारे साझा धारणा बनाउन निकट भविष्यमै स्थानीय सरकारसंग ठोस छलफल गर्ने कार्ययोजना बनाईएको नगर बजार क्षेत्रका उपाध्यक्ष प्यार अलि खाँनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top