आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

पानी माग्दै भजन किर्तन र पुजापाठ


 

बिमल प्रसाद पोख्रेल 

दुई महिना भयो पानी परेको छैन । गाउँ घर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैन्न, जेठमा रोपिने धानको बीउ राखिएको छैन्न । चैत महिनामा केहि चिस्यान भएको ठाउँका बारीमा मकै छरेकाहरु मकै नउम्रेपछि चिन्तित छन। छरेर उम्रेका र दोहोराएर खन्ने भएका मकै पानी नपर्दा बोटमै सुक्न थालेका छन् । ग्रामिण भेग तीर अन्नवाली उत्पादन हुने ठाउँमा पानी नपरेपछि कृषकहरुलाई बाली लगाउन र जोगाउन समस्या भएको छ । खडेरीले पानी नपरेपछि प्युठानका स्थानियले पुजापाठ र भजनकिर्तन गरेका छन् । मंगलबार झिमरुक १ को गर्दङखोलाका किसानहरुले गौमुखि गुफामा बिहेको लगन जस्तै बाजागाँजासहित शंखघण्ट बजाएर पानी पारिदिन प्रार्थना गरेका थिए। पानी नपरे देउताकोमा गएर पूजा पाठ गर्ने, बाजा बजाउने यहाँको पूरानै संस्कार हो। पूजापाठ गरे र बाजा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने धार्मिक विश्वास रहेको स्थानिय झबिन्द्र ज्ञवालीले बताउनुभयो। ुपुजापाठ गरे पानी पर्छ नपरेनि ईन्द्रले बर्साउछन भन्ने बिश्वास छ।ु उहाले भन्नुभयो ।यहि परम्परालाई निरन्तरता दिदै किसानहरु भोको पेट र नाङ्गा खुट्टै चार किलोमिटर ओरालो झरेर पानी माग्दै पुजा गरेका हुन। बिहान सात बजे देखि तीन बजेसम्म पुजाआजा भजनकृतन गरे पश्चात् अपरान्ह चार बजेर तीस मिनेटमा बलेनी खस्ने गरि पानी परेको वडा अध्यक्ष धुर्व खनालले बताउनुभयो। ुपुजापाठ गरेपछि पानी आकाशबाट पानी बर्षियो,हामी पनि अचम्म नै परियो।ु उहाले भन्नुभयो,ु गाउँमा पानी पिउन पनि गार्हो छ, तर यहाँ पुजा गरे पानी पर्छ पहिला पनि पथ्र्यो। उहाले भन्नुभयो। लामो समय पानी नपरेपछी किसानका खेतबारि बाझो रहने अबस्था आउन थालेपछि यसरी भजनकिर्तन र पुजापाठ गरिएको स्थानिय पदम प्रसाद खनालले बताउनुभयो। ुचैत्र देखि यता थोपो पानी परेको छैन, चैतमा छर्ने मकै अझै छरेका छैनौ, जेठमा रोपिने धानको बीउ राखेका छैनौुं खनालले भन्नुभयो ुपुजा गरे पानी पर्दछ र मकै छर्छौु लगातार लामो समयसम्म पानी नपरे यहाँका स्थानीयले वर्षेनी पूजा पाठ गर्ने गर्दछन्। इन्द्रलोकमा भगवान इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रही आएकोले त्यसै अनुरुप बाजा बजाउने र पूजा पाठ गर्ने गरिएको उहाको भनाई छ। सबैको अनुरोधले भगवानलाई खुसी पार्नु पर्ने र इन्द्र भगवानले माथिबाट कल्याण गर्ने गरी पानी पारिदिने गरेकोले यो वर्षपनि पूजापाठ गरिएको उहाले सुनाउनुभयो । पानी नपर्दा जिल्लाको जमिनकै सुख्खा भइसकेकोले पूजापाठपछि पानी पर्ने विश्वास उनीहरुको छ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top