आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

जिल्ला प्रशासनद्धारा औषधी पसलको अनुगमन


सागर रिजाल
प्युठान,२ जेठ ।
जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लामा रहेका औषधी पसल, पोलिक्लनिक तथा निजी अस्पतालहरुको अनुगमन कार्यको सुरुवात गरेको छ । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा अनुगमन गरेको थियो । प्यूठान नगरपालिका वडा नं ४ स्थित विजुवार तथा जुम्री बजार र वडा नं ८ स्थित बाग्दुला बजारमा रहेका ६ वटा औषधी पसल, ३ वटा क्लिनिक र १ वटा निजी अस्पतालको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केहि औषधी पसलमा म्याद नाघेका औषधी भेटिएको, व्यसाय दर्ता प्रमाणपत्रहरु ग्राहकले देखिने गरी नराखिएको, प्रयाप्त स्थानको अभाव, बिल दिने नगरेको जस्ता कमजोरीहरु देखिएको प्रजिह गैहृेले जानकारी दिनुभयो । त्यस्तै क्लिनिकहरुमा वडापत्र नरहेको, व्यवसायसँग सम्बन्धित कागजातहरु अद्यावधिक र व्यवस्थित नगरिएको, स्थानको कमी जस्ता कमजोरी भेटिएको उहाँले बताउनुभयो ।
जिल्लामा रहेको एकमात्र निजी अस्पताल स्वर्गद्वारी लाइफ केयर अस्पताल विगत २ बर्षदेखि नवीकरण नगरिएको भेटिएको छ । अनुगमन समुहले औषधी पसलहरुलाई म्याद गुज्रेका औषधी नबेच्न र छुट्टै भणरडारण गर्न सचेत गराउँदै पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्ता सम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रुपमा बिल दिन, प्रतिवन्धित औषधीहरु डाक्टरको सिफारिसमा मात्रै बिक्रि वितरण गर्न र सोको तोकिएको ढाँचामा रेकर्ड राख्न लगायतका निर्देशन दिएको थियो ।
कागजपत्र पाँच दिनमा प्रशासनमा ल्याउन आग्रह
क्लिनिकहरुलाई व्यवसायसँग सम्बन्धि सम्पूर्ण कागजात पाँच दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न तथा अन्य पक्षमा सुधार गर्न निर्देशन दिएको प्रजिअ गैहृेले बताउनुभयो । नवीकरण नगरिएको स्वर्गद्धारी लाईफ कियर अस्पताललाई १५ दिन भित्र जिल्ला प्रशासनमा कागजपत्र पेश गर्न आग्रह गरिएको छ ।
जिल्लाका केहि स्थानमा दर्ता नगरी औषधी पसल सञ्चालन भएको भन्ने सुनिएकोले जिल्लाका सबै भेगमा अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको अतिरिक्त स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्यूठान नगरपालिका, प्रहरी कार्यालय, औषधी व्यवसायी संघका प्रतिनिधि लगाएतकाउ उपस्थितीमा अनुगमन गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top