आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा सूचनाको हक सम्बधी एक दिने प्रशिक्षण, भष्ट्रचारीले सूचना लुकाउँछ ः प्रमुख आयुक्त बाँस्कोटा


सागर रिजाल
प्युठान,२८ बैशाख ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटले भष्ट्रचार गर्ने कर्मचारीले सूचना लुकाउने बताउनुभएको छ । शनिवार प्युठानको खंलगामा भएको सूचनाको हक सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले सार्वजनिक निकायले नागरिकले माग गरेको सूचना नदिने भनेको प्रष्ट रुपमा भष्टाचारजन्य गतिविधि हो भन्ने थाहाँ हुने बताउनुभयो । राजनीतिक दलीय स्वार्थको आधारमा आफ्नो र पराई छुट्टाईएको छ भने सूचना लुकाईन्छ,उहाँले भन्नुभयो,–‘ विधिको शासन तोडिएको र कानुन विपरितको काम गरिएको छ भने सूचना लुकाउने गरिन्छ । ’ पारदर्शी रुपमा सूचना दिने भनिएपनि पछिल्लो समयमा सूचना लुकाउने प्रविति भेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सूचना लुकाउने कर्मचारीलाई कालोमोसो दल्नुपर्छ । ’
सूचना लुकाउने अधिकारीलाई सूचना हक ऐन सम्बन्धी २५ हजार जरिवाना र ढिलो गरि सूचना दिएका दिनको दुई सय रुपिँया जरिवाना हुने बाँस्कोटाले बताउनुभयो । राष्ट्रिय सूचना आयोगको अवेज्ञा गरेमा १० हजार दण्ड हुने र कर्मचारी भएका विभाग्य कारर्वाहीको सजाय समेत हुने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।
स्थानिय सरकार, गैरसरकारी संस्था, र अन्य राजनीतिक दलका निकायहरुले जनताको सूचना पाउँने अधिकारको सम्मान गर्नुपर्ने सूचना आयुक्त बाँस्कोटाले बताउनुभयो। सूचना प्रदान गर्न वेवसाईट बनाउनुपर्ने, वेवसाईटमा सबै सुचनाहरु दुस्त राख्नुपर्ने उहाँले बताउनुभयो । सरकारी कार्यालयल गर्ने विकास निमार्णका कामहरुमा होडिङ्ग बोर्ड राख्ने र सबै सूचना प्रवाह गर्नुपर्छ, उहाँले भन्नुभयो,–‘जनाताले कार्यालयसम्म धाउननपरि मुवाईल एप्सबाट सूचना पाउने व्यवस्था गर्नुपर्छ । ’
जनतालाई सूचनाप्रति सूसुचित बनाउन सार्वजनिक सुनुवाई मार्फत आफुले गरेका कार्यहरुको बारेमा जानकारी गराई जनताको पृष्ठपोषण प्राप्त गर्न जनप्रतिनिधि र कर्मचारी अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रत्येक निकायले तीन÷ तीन महिनामा सूचना प्रकाशन गर्नुपर्दछ, उहाँले भन्नुभयो,–‘ यसले गर्दा जुनसुकै जनताले कुनै पनि निकायले गरेको कार्य थाहाँ पाउँन सहज हुनेछ । ’


प्युठान मध्यमस्तर
सूचनाको हक सम्वन्धी प्युठान मध्यम स्तरको जिल्ला पाईएको प्रमुख सूचना आयुक्त बाँस्कोटाले बताउनुभयो । प्युठानका प्रमुख जिल्ला अधिकारी, गाउँ तथा नगरपालिका प्रमुख उपप्रमुख संग बुझदा मध्यम अवस्था पाएको उहाँले बताउनुभयो । सरकारी कार्यालयहरु सूचना दिननै पर्छ भन्ने भावनाले उत्पेरित भएका छन्, उहाँले भन्नुभयो,–‘ सूचना अधिकारीले अझैपनि कानुनी ज्ञान, प्रशिक्षण नपाउँदा, उपकरणको प्रयोग नहुँनाले सूचना दिनमा समस्या आएको पाईयो । ’
सूचनाको हकका विषयमा पत्रकार महासंघले सहजीकरण गरेको पाईएको उहाँले बताउनुभयो । पत्रकार महासंघको सक्रियतामा नागरिकको सूचनाको हकको सम्मान तर्फ प्युठान जिल्ला अग्रसर भएको आफ्नो अनुभूत रहेको उहाँले बताउनुभयो ।
सूचना आयोगसंग प्रजिअको माग
प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जनशक्तिको कमि, उपकरणको कमिले सूचना दिनलाई अफ्ठेरो भएको बताउनुभयो । सबै कार्यालयमा सूचना अधिकारी राखिएको छ, उहाँले भन्नुभयो,–‘सूचना अधिकारी समय समयमा फेरिनाले समस्या आएको छ । ’ लिखीत रुपमा सूचना नमाग्नु, सबै कार्यालयका वेवसाईट नहुँनु , सूचना लुकाउने प्रवितिले समस्या उत्पन्न भएको उहाँको भनाई छ । प्रजिअ गैहृेले सूचनाको हक सम्बन्धी जनस्तरसम्मका कार्यक्रम सञ्चालन गरिदिन सूचना आयोग समक्ष माग गर्नुभएको छ । सूचना प्रदान गर्ने स्रोत साधन, नियमित प्रशिक्षण, सफ्टवयर र सूचना अधिकारीलाई उत्पे्ररित गर्ने औजारको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सूचनाको हक, यसका सिद्धान्त र यसको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना, मल्लरानी र सरुमारानी गाउँपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको समन्वयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख, जिल्लाका स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सूचना अधिकारी, सरकारी कार्यालयका प्रमुख , उपप्रमुख, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top