सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

प्युठानको महेन्द्र माध्यामिक विद्यालयमा भूकम्प मापन यन्त्र जडान


सागर रिजाल
प्युठान,२३ बैशाख ।
प्युठानको ऐरावती गाउँपालिका वडा नं ५ मा पर्ने महेन्द्र माध्यामिक विद्यालयमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर ) जडान गरिएको छ । महेन्द्र माध्यामिक विद्यालय सिस्मोमिटर जडान गर्ने नेपालको १६औं र जिल्लाको पहिलो विद्यालयको हो । सोमबार एक कार्यक्रम गरि यन्त्र जोडिएको विद्यालयले जानकारी दिएको छ । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक खेतबहादुर रोकाले जानकारी दिए ।
स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ ।
विद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले नेपाल भूकम्पको जोखीममा रहेको बताए ।गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएपछि नेपालका धेरै क्षेत्रहरु भूकम्पको उच्च जोखीममा रहेको म लगाएत धेरै साईटिस्टहरुले पत्ता लगाएको उनले बताए । नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्ने हुँदा आफुले नेपालका केहि जिल्लामा यो यन्त्र प्रदान गरेको बताए । विद्यार्थीलाई जनचेतना फैलाउने हिसाबले विद्यालयमा जडान गरिएको हो, उनले भने,–‘विद्यार्थीले थाहाँ पाएपछि घरपरिवार समाजमा समेत यसबारे जानकारी गराउनेछन् । ’
हाँलसम्म नेपालका बाग्लुङ, धौलागिरी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठानमा जडान गरिएको उनले जानकारी गराए । भूकम्प मापन यन्त्रलाई एक लाख रुपिँया पर्ने उनले बताए ।


भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै सम्बन्धीत शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । नेपालमा भूकम्पको जोखिमका विषयमा जानकारी गराउँदै विद्यालयलाई यो प्रदान गरेको बताए । साथै उनले भूकम्पको जोखीमबाट बच्न सबैलाई आग्रह गरे ।
नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए । सोमबार ऐरावती गाउँपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष चन्द्र बहादुर रानामगर, वडा नंम्बर ३ का वडा अध्यक्ष भुपेन्द्र आले, गाउँपालिका शिक्षा संयोजक कुल बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षकहरुलाई उपकरणको प्रयोग महत्वको बारेमा दाता सुवेदीले जानकारी गराएका थिए ।

वडा नंम्बर ३ का वडा अध्यक्ष भूपेन्द्र आलेले विद्यालयमा यो यन्त्र जोड्नु राम्रो काम भएको बताए । यो संगै पालिकाका अरु विद्यालयमा पनि सहयोग गर्न दातालाई आग्रह गरेका थिए । यन्त्र जडान भएसंगै विद्यालय संगै स्थानियलाई पनि फाईदा हुने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top