
सागर रिजाल
प्युठान,२३ बैशाख ।
जिल्लामा निर्माण गरिएका भौतिक संरचाना अपांगमैत्री बनेका छैनन । जुनसुकै संरचना बनाउदा अपाङतामैत्री बनाउनु पर्ने कानुनमा उल्लेख गरिएता पनि कार्यान्वयनको पक्षमा कमी देखिएको छ । जिल्लाका केहि कार्यालय र सभा सम्मेलन हुने भवनमा जानको लागि सामान्य र्याम्प बनाईपनि कार्यालय प्रमुख तथा अन्य सम्बन्धित कर्मचारीको सेवा कक्षसम्म पुग्नका लागि अंपागमैत्री व्यवस्था नभएको राष्ट्रिय अंपाग संघ प्युठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । कानुनमा पुराना भवनहरुलाई सुधारेर अपांगता मैत्रिपूर्ण बनाउनुपर्ने र नयाँ भवनहरुको डिजाईन गरिदा नै अपांगतामैत्री व्यक्तिहरुलाई सहज हुने खालको बनाउनुपर्ने उल्लेख छ । उहाँले भन्नुभयो,–‘अपांगता भएका व्यक्ति, उनीहरुको अभिभावक, सरोकारवाला निकायहरुको चासोँ र पहल नभएको हुँदा अपांगमैत्रि संरचना बन्न नसेकोको हो । ’
प्युठान जिल्ला भौगोलिक विकटताले गर्दा अपांग व्यक्तिहरुलाई घरबाटै बाहिर निस्कन गाहृो छ
। घरबाट निस्किएकाहरुलाई सेवा कार्यालय परिसरमा पुग्न र कार्यालय प्रमुख संग स्वयंम अंपागता भएका व्यक्तिहरुलाई आफ्ना नीजि कामकाजका लागि सरकारी कार्यालयमा प्रवेश गर्न समस्या छ । प्रायः कार्यालयका प्रमुख माथिल्लो तलामा रहने हुँदा अंपागता भएका व्यक्तिलाई सेवा लिन झनै कठिन देखिएको अध्यक्ष केसीले बताउनुभयो ।
सडक नहुँदा अपांग विद्यार्थीलाई समस्या
जिल्लामा रहेका विद्यालयले नयाँ निमार्ण गरेका भवनमा र्याम्प राखिएपनि सड्क नहुँदा समस्या भएको शिक्षा विकास समन्वय ईकाई प्रमुख शिव पण्डीतले बताउनुभयो । विद्यालयले नयाँ भवन अपांगमैत्री बनाउने कोसिस गरेको छ, उहाँले भन्नुभयो,–‘पढन आउने विद्यार्थीलाई सड्कनै गत्तिलो नहुँदा समस्या छ । ’
राज्य पूर्नसंरचनापछि बनेका सरकारले अपांगमैत्री संरचना संगै सड्क सुधारमा पनि ध्यान पुर्याउन जरुरी रहेको उहाँले बताउनुभयो ।
सरकारले हेरेन अपांगता भएका व्यक्ति
राष्ट्रिय अपांग संघ प्युठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा आईतबार सदरमुकाम खंलगामा भएको अपांगतामैत्री भौतीक संरचना निमार्णमा देखिएको समस्या र समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले स्थानिय सरकारले नहेरेको बताएका छन् । अपांगता भएका व्यक्तिलाई गाउँपालिका, वडा कार्यालयले केहि गरेन , मल्लरानी २ का दामोदर शर्माले भन्नुभयो,–‘अपांगमैत्री सड्क नहुँदा समस्या भएको छ । ’ आयआर्जनका लागि तालिमको समेत व्यवस्था नगरेको उहाँले बताउनुभयो ।
त्यस्तै अपांग व्यक्तिलाई समाजमा हेर्ने दृष्ट्रिकोण परिवर्तन भएको छैन्, मल्लरानी चुजाँका शारिरिक अंपागता भएका सुमन्त नेपालीले भन्नुभयो,–‘स्थानियले साझको समयमा मदिरा सेवन गरि हामी जस्ता अपांग व्यक्तिलाई गाली,बेईजत गर्छन् । ’ उहाँले अंपाग परिचयपत्र समेत नपाएको गुनासो गर्नुभयो ।

सेवा दिने कार्यालयसमेत अपांगमैत्री छैन्
जिल्लामा निमार्ण गरिएका अरु संरचनासंगै अपांगता भएका व्यक्तिलाई सेवा दिने मुख्य कार्यालय राष्ट्रिय अपांग संघको समेत अपांगमैत्री संरचना छैन् । संरचना अपांगमैत्री नहुँदा दिनहुँ सेवा लिन आउने व्यक्तिहरुलाई समस्या हुने गरेको छ । मुख्य कार्यालय समेत अपांगतामैत्री नहुँदा अरु कार्यालय बनाउन भन्नका लागि समेत चुनौती देखिन्छ ।
जग्गा अभावले आफ्नै भवन समेत अपांगामैत्री निमार्ण गर्न नसकिएको संघका अध्यक्ष केसीले बताए । उनले भन्नुभयो,–‘संघको नाममा २ आना जग्गा थियो, कार्यसम्पादनका लागि भवन बनाउदा जग्गाको भाग बाकी रहेन् । ’ अरु जग्गा किन्न कार्यालयसंघ रकम नहुनु र जग्गा समेत नपाउनाले समस्या भएको उहाँको भनाई छ । जिल्लामा ६ हजार भन्दा वढी अपांगता भएका व्यक्तिको तथ्यांक रहेको उहाँले बताउनुभयो । अध्यक्ष केसीले भन्नुभयो,–‘ ३ हजार २ सय भन्दा वढीले अंपागता परिचयपत्र समेत बनाईसक्नुभएको छ । ’
अब निमार्ण हुने भौतीक संरचनाहरु अपांगतामैत्री बनाउन पहल गरिने जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जिल्ला समन्वयको कार्यनै समन्वयकारी भूमिका रहेकाले जिल्लाका नौवटै स्थानिय तहलाई संरचना निमार्णमा पहल गर्नेछु । ’
कमेन्ट गर्नुहोस !